धुलिखेल  काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नम्बर. ३ का पिता बासुदेब पोखरेल माता भवानी पोखरेलको तेस्रो सन्तान सन्तोष पोखरेल र काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नम्बर. ८ को पिता पुरुषोत्तम न्यौपाने, माता अम्बिका न्यौपानेको दोर्स्रो सन्तान अमित न्यौपाने संग वेथानचोक खवर डट कम सहकर्मी नवराज ढुंगानाले गर्नु भएको भलाकुसारी :

सन्तोष पोखरेल
सञ्चालक Goldenwave Education Consultancy Private Limited
कार्यक्रम संयोजक परिवर्तन समाज नेपाल
९८६९२६६१२८

अमित न्यौपाने
सञ्चालक Goldenwave Education Consultancy Private Limited
अध्यक्ष परिवर्तन समाज नेपाल
९८६१२८१५३९

अन्तर्वार्ता :

१. हिजा आज के मा बेस्त हुनुहुन्छ ?
विभिन्न गाउँपालिका, नगरपालिकामा नयाँ नयाँ कार्यक्रम सञ्चालन जस्तैकी क्षमता अभिवृद्धि, सरसफाई, बाल शिक्षा आदि र भर्खरै बनेपामा Goldenwave नामक Consultancy पनि सञ्चालन गर्दै छौ । के मा दिन बित्छ नै थाहा हुन्न तर व्यस्त नै भइन्छ । कहिले खुशी कहिले दुःख यहि नै त हो जिवन । सिकेका अनि बुझेको कुरा यत्ति नै जस्तो लाग्छ ।

२. Goldenwave के हो ? यसले के कस्ता क्षेञमा काम गर्दछ?
विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै बैदेशीक शिक्षा सहितको रोजगारका लागी वि–भिन्न देशका शिक्षा प्राप्त गर्नका लागी विद्यार्थीलाई पढाइन्छ साथ साथै पठाइन्छ । हामि लगाएत हाम्रो अर्को सुरज गुरागाई दाई हुनुहुन्छ सहयोगि मेहेनति साथ र सर्पोट सधै गर्ने । हाम्रो संस्थाले हरेक नेपालीको क्षमता साथै नेपालको आयस्रोतमा बृद्धि पक्कै हुने छ ।

३. विद्यार्थीहरुको लागी Goldenwave नै किन ?
अन्य Consultancy हरुले विद्यार्थी पढाउने र पठाउने गछर्दछन् साथै यसलाई व्यापारको रुपमा लिन्छन् । तर, हामीले विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै सित्तैमा शिक्षा प्रदान गर्दै छौ । साथै, थोरै आय मात्रै लिई विदेशमा processing गर्दछौ ।

४. सित्तैमा गर्दा तपाईहरुलाई पनि केहि फाइदा त होला नि?
त्यस्तो त केहि सोचमा छैन अनि आजसम्म फाइदाको लागी केहि गरेको जस्तो लाग्दैन जनताको माया नै हो आजसम्म कमाएको कुरा । बास्तविक सन्तुष्टि नै ठुलो कुरा हो जस्तो लाग्छ । परिवार सँग खुशी भएर बस्न पाए हुन्छ । त्यसकारणले काम गर्नका लागि विदेशिनु भन्दा देशमै केहि गरुम जस्तो लाग्छ ।

५. तपाईहरु दुई जना नै यति सानै हुनुहुन्छ । यति सानो उमेरमा यस्तो क्षेत्रमा काम गर्न कसले प्रेरणा दियो ?
हामीले विगतका दिनहरुमा कमजोर आर्थिक अवस्था भएका कारण गुणस्तरीय शिक्षा प्राप्त गर्न सकेनौ । आफ्नो विगत बाट प्ररणा साथै केहि सिक्ने अवसर पायै । यहि शिक्षा लाई माध्यम र प्रेरक मानि हामि जस्तै अन्य विद्यार्थीहरुले यस समस्या भोग्न नपरोस भन्ने उद्देश्यले यस कार्यलाई अगाडि बढाएका हौँ । सपना ठुलो छ साथै थाहा छ सघंर्ष धेरै गर्नुपर्छ र पक्का गर्ने अठोड लिएका छौँ ।

६. सघंर्ष भन्नाले के बुझ्नु हुन्छ ?
विगतका दिनमा गरेका दुःखलाई स्मरण गर्दा सायद अभाव नै अभावमा गुजरियर पनि खुसि भएर जिन्दगीलाई अगाडि बढाउन सक्ने क्षमता नै सघंर्ष होला । केहि नहुदा लडेका ठोकिएका रमाएका अनि पेलिएका केहि पलहरु स्मरण गर्दा आखा भरि आशु आउछ । तर, हाम्रो विचारमा सफल व्यक्तित्वको दोस्रो नाम नै सघंर्ष हो ।

७.यति सानो उमेरमा यति धेरै प्रगति कसरी सम्भव छ ?
सङ्घर्ष नै जीवनलाई माथी प¥याउने बाटो हो । हामीले आफुले भ्याएसम्म सङ्घर्ष गरेका छौ । सामाजिक, राजनितिक र शिक्षाका क्षेत्रमा हामिले योगदान तथा बलिदान गर्दै आएका छौ । यस विचमा हामी हामी थोरैको नजरमा गि¥यैपनि होला तर हाम्रो व्यवहार तितेकरेला जस्तै छ । तितेकरेला थोरैलाई मनपर्छ तर जसलाई मनपर्छ नी त्यसको favorite हुन्छ ।

८. तपाईहरु यत्ति Handsome साथै चिरपरिचित हुनुहुन्छ, प्रेममा पनि फस्नु भएको होला नि त ?
हामिलाई प्रस्ताबहरु त धेरै आए तर समयको अभावले यस विषयहरुलाई सोच्ने फुर्सद नै पाईएन । हाम्रो एउटा सिद्धान्त नै छ । १५ वर्षदेखी २२ वर्षसम्मका केटाका लागि केटि बाधक र केटिका लागि केटि बाधक र केटिका लागी केटा वाधक हुन् । प्रेम नाम नै कत्ति पवित्र छ केहि गलत व्यक्तिले यसलाई हेर्ने दृष्टिकोण नै बदलिएको छ । केटा अनि केटि एउटै रथका दुई पाङ्ग्रा जस्तै हुन् पक्कै पनि एक बिना अर्को अधुरो अनि अपुरो नै छन् । त्यसैले सच्चा प्रेम गर्नेलाई सधै सम्मानको दृष्टिकोणले नै हेर्ने गरेका छै । प्रेम सायद फुर्सदिला मान्छेका लागी रहेछ त्यसैले त्यो भाग्य पाइएन नै भन्नु उचित होला ।

९. सामाजिक क्षेत्रमा तपाईहरुको योगदान कस्तो रहेको छ ?
हिजोका दिनमा प्रचलनको रुपमा रहेको आत्महत्या समाप्त गर्नुपर्छ भन्दै स्कुल, कलेजमा चहादै आत्महत्या समाधान हैन भन्दै उत्प्रेरणात्मक कक्षाहरु काभ्रे जिल्लाका हरेक शैक्षिक संस्थानमा संञ्चालन गर्यौ साथै एकजना विद्यार्थीलाई Innovative Academy मा शिक्षण खर्च बेहोर्दै शैक्षिक सामाग्री उपलब्ध पनि गर्दै आएका छौ । यसलाई निरन्तरता दिएर अझै माथि–माथि पुग्ने सोच छ । भविष्यलाई अझै सहि गन्तव्य तिर लग्ने सोच अनि सपना लिएका छौ । सपना धेरै छन् पुरा गर्न धेरै सघंर्ष गर्ने सोच बनाएको छु ।

१०. जीन्दगीमा भागेको दुःख दायीक क्षण भन्दा के स्मरण गर्नुहुन्छ ?
स्थानीय स्तरबाट केहि सहयोग नआउदापनि परिवारको धेरै सहयोग र केहि व्यक्तिको थोरै सहयोग र हाम्रो सङ्घर्षले कोसीपारि जस्तो ठाँउमा गएर पनि आत्महत्या न्यूनिकरण सम्बन्धि जनचेतनात्मक कमर्यक्रम साथै शैक्षिक सामाग्री वितरण गरेका थियौ । यस्तो समस्याबाट पछाडी हटेनौ धेरै कुरा सीक्ने मौका पायौ र त्यहि समस्या ठुलो प्रेरणा पनि बन्यो । अभाममा मोगेका अन्य धेरै पलहरु छन् । फुर्सदमा चिया गफ गरौला सबै कुराहरु मनदेखि नै…..

११. अन्त्यमा ?
पहिला बेथानचोक खबर डट कमका टिमलाई धन्यवाद दिन चाहान्छुै । हाम्रो यस अन्तरवार्ताबाट अन्य युवालाई पनि प्रेरणा मिल्ने छ भन्ने आशा राखेका छौँ । यसमा हामिले गर्न पर्ने साथ र सहयोग सधै रहने छ ।


तपाईको प्रतिक्रिया