बेथानचोक । बेथानचोक गाउपालिकाको गेल्दुङमा युबाहरुको लागि युबा अबधारणा एबम बाताबरण संरक्षणमा युबा भुमिका विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

३० जना युबा सहभागी कार्यक्रम ए.इ.आइ., एन एबम टिडि एच जर्मनिको सहयोगमा ग्रामिण बिकास सस्थाको आयोजनामा भएको थियो । युबा अबधारणा ,दिगो बिकास लक्ष्य ,युबा उद्ध्यमशिलता र बाताबरण संरक्षणमा युबाको विषयक छलफललाई सन्तोस काफ्ले र सन्जिप न्यौपानेले सहजीकरण गरेका थिए । कार्यक्रममा बोल्दै ग्रामिण बिकास सस्थाका कार्यकारी निर्देशक डि एन तिमिल्सिनाले युबाहरुलाई उद्द्यमशिलता संग जोड्दै बाताबरण संरक्षण गर्न ढिला भैसकेको र सस्था युबाहरुको परिचालनमा विशेष गरि लाग्ने बताउनु भयो ।युबा सन्जालका अध्यक्ष अजय तिमिल्सिनाले स्थानीय तहमा युबा लक्षित कार्यक्रम निर्माणमा युबा सन्जाल लाग्ने बताउदै सन्जालको क्षमता अभिबृद्धी गर्न सहयोग गर्ने फिल्ड संयोजक खडा नन्द गौतमले बताए । २ दिने कार्यक्रमको सन्चालन पुर्शोतम आचार्यले गरेका थिए


तपाईको प्रतिक्रिया