बेथानचोक । बेथानचोक गाउँपालिकको आ. व ७५/७६ का लागि सबै वडाहरुमा बस्ती भेला संचालन भइरहेका छन् ।
सबै वडाहरुमा जेठ ३० गते बाट भेला सुरु गरिएको थियो । सबै वडाका सबै बस्तीमा भेला संचालन गरिने गाउँपालिका कार्यालयले जनाएको छ ।

स्थानीयको माग र आवश्यकतालाई बुझि बजेट निर्माण गर्न भेला आयोजना गरिएको गाउँपलिका अध्यक्ष प्रेम बहादुर तिमिल्सनाले बताए । तल्लो स्तर सम्म पुगेर सबै नागरिकका इच्छा चाहना बुझेर बजेट निर्माण गरिने छ । बस्ती भेलाबाट सबै वडाको वडाभेला गरिने समेत उनले जानकारी दिए । संचालित वडा भेलाबाट कृषि पशुपालन, खानेपानी मोटरबाटो तथा समुदायिक भवन तथा पर्यटनका साथै साना जलविद्युत,शिक्षा विषयमा माग बढि आएको तिमिल्सनाले जानकारी दिए । बस्ती भेला पछि वडा भेला र त्यस पछि गाउँसभा हुने गाउँपलिकाले बताए ।


तपाईको प्रतिक्रिया