काभ्रेपलान्चोक । अनेरास्ववियु काभ्रे जिल्ला कमिटीको सहयोगमा अनेरास्ववियु नमोबुद्ध नगर कमिटीले वक्तित्वकला कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार नमोबुद्ध नगरपालिका अन्तर्गत कृष्ण माविमा कार्यक्रम अायोजना भएको थियो । विद्यार्थीहरुलाई रचनात्मक कार्यमा प्रोत्साहन गर्ने अखिल काभ्रेको निर्णय अन्तर्गत कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम अखिल काभ्रेका सचिवालय सदस्य तथा कार्यलय सचिव देवराज लामाको प्रमुख अाथित्यतामा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य युवराज दाहाल बिशिस्ट अतिथि र अतिथिहरु विद्यालय व्यवस्थापन समिति अध्यक्ष जगत बहादुर लामा , प्रअ विन्द्र नारायण श्रेष्ठ रहेका थिए । कार्यक्रम नगर कमिटी अध्यक्ष समीर लामाको सभापतित्वमा भएको थियो । कार्यक्रममा नमोबुद्ध नगर भित्रका १० वटा विद्यालयको सहभागिता रहेको थियो । जसमा कानपुर माविका अमर लामा प्रथम भएका थिए । त्यस्तै कानपुर मावि कै सन्ध्या मैनाली दोस्रो , जनहित मावि कि निशा अर्याल तेस्रो र लक्ष्मी मावि कि सन्जु लामाले सान्त्वना स्थान हासिल गरेका थिए । उनिहरुलाई जिल्ला कमिटीको तर्फबाट स्टेसनरी समाना पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि देवराज लामाले विद्यार्थीहरुलाई अब रचनात्मक क्षेत्रमा लाग्न जिल्ला कमिटीले प्रोत्साहन गर्ने बताएका छन । उनले भने ,“हामी विद्यार्थी र युवाहरुलाई विदेश पलायन हुन राेक्दै स्वदेशमै राेजगारी सृजना गर्ने अभियान संचालन गर्छौ । त्यस्तै बिशिस्ट अतिथि युवराज दाहालले कार्यक्रममा सम्बोधन गर्दै भने ,“ शैक्षिक क्षेत्रमा विद्यमान विकृति र शैक्षिक माफियाको अन्त्य गर्दै अाम विद्यार्थीहरुलाई समान शिक्षा दिलाउन अखिल काभ्रे जस्तोसुकै परिस्थितिमा जस्तोसुकै कदम चाल्न बाध्य हुनेछ ।´´


तपाईको प्रतिक्रिया