किरण थापा, मेलम्ची

‘ कला साहित्य द्दारा परिवर्तन सम्भव छ ‘ भन्ने मूल नाराका साथ नेपाल कला साहित्य प्रतिष्ठानले आफ्नो पहिलो स्थापना दिवस जेठ २८ गते काठमाडौंमा सांस्कृतिक कार्यक्रम एवम् चियापान समारोह साथमा म्युजिक भिडीयो सार्वजनिकीकरण कार्यक्रम गरी भव्यताका साथ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको सभापतिमा नेपाल कला साहित्य प्रतिष्ठानका अध्यक्ष आस्मान लोप्चन रहनु भएको थियो भने प्रमुख अतिथिमा सिन्धुपाल्चोक क्षेत्र नम्बर दुईको प्रदेश प्रतिनिधि सभा ‘ख’ को सांसद निमा लामा साथै विशेष अतिथिमा नेपाली काङ्ग्रेसका जिल्ला सदस्य श्याम खड्का रहनु भएको थियो । कार्यक्रममा गायक ओम तामाङको तामाङले सेलो गीत गाउँछ भन्ने बोलको गीतको भिडीयो सार्वजनिक गरिएको थियो । गायक ओम तामाङले यस अघि दुईवटा गीत बजारमा ल्याइ सक्नुभएको छ भने एक दर्जन भन्दा बढी गीतमा निर्देशन गरि दुई दर्जन भन्दा बढीमा गीतमा अभिनय गरिसक्नु भएको छ ।

गायक एंव निर्देशक ओम तामाङ वाईबाको “तामाङले सेलो गीत गाउछ” म्युजिक भिडियो सार्वजनिक भएको छ् । युवा पुस्तामा छोटो समयमा नै चर्चा बटुल्न सफल तामाङले दर्जनौ भिडियो निर्देशन गरिसकेका छन । आफुले तामाङ समुदायमा सङ्गितको माध्यमबाट जागरण भाव पैदा गर्न समेत अघी बढीसकेको बताउनु भयो ।

भिडीयोलाई स्वंयले निर्देशन गरेका तामाङको गीतमा गायक आसमान लोप्चनको शब्द,निरोज लामाको सङ्गित,एरेन्ज रहेको छ भने ओम तामाङको आवाज रहेको छ् । भिडियोमा प्रितम तामाङ,सुस्मा मोक्तान,राजेन्द्र तामाङ,अस्मी स्याङ्तान र ओम तामाङको जोडदार अभिनय रहेको छ् । सुर्य लामाले छायाङ्कन र सम्पादन गरेको भिडियोलाई कृष्ण ब्लोनले कोरियोग्राफी गर्नुभएको थियो ।

भिडियो  हेर्न यो र्लिकमा खोल्नुहोस 


तपाईको प्रतिक्रिया