धुलिखेल । सुतेको समयमा तपाईका आफन्त, परिवारकै सदस्यहरु घुर्ने गर्दछन् । बेड पार्टनर घुरेर हरेक दिन निद्रा माया मार्नु परेको छ, बिहान उठ्दा ह्याक भएर उठ्नु हुन्छ, घुरेर तपाईको व्यक्तिगत जीवनमै असर पारेको छ भने धुलिखेल अस्पताल जानुस समस्याको समाधान हुनेछ ।
धुलिखेल सामुदायिक अस्पतालले घुर्ने समस्या समाधानको लागि उपचार सेवा प्रारम्भ गरेको छ त्यो पनि अत्याधुनिक तरिकाले । जर्मन प्रविधीवाट अत्याधुनिक ल्यावमा अस्पतालले सेवा प्रारम्भ गरेको हो । मानिसको दैनिक जीवनमै घुर्ने समस्या विकराल रुपमा विकास भएसँगै त्यसको उपचार विधी सुुरु गरेको छ ।

ल्याववाट सेवा लिन भने तपाईहरुले अस्पतालको अत्याधुनिक रुममा रात बिताउनु पर्नेछ । अस्पतालले शौचालय सुविधासँगै होटलमा रहेको जस्तै कोठामा बिरामीको उपचार गराउने छ ।  के कारणले बिरामी घुर्ने गर्दछन् । उसको शरिरको सम्पुर्ण तालहरु हेर्नको लागि अस्पतालमै एक रात बिताएपछि समस्याको पहिचान हुन्छ ।  सुतेको समयमा घुर्ने रोगले व्यक्तिगत तथा सामाजिक जीवनमा नकारात्मक असर पार्न थालेपछि धुलिखेल अस्पताल काभ्रेले उपचार पद्धती सुरु गरेको छ । धुलिखेल अस्पतालको नाक, कान, घाँटी विभागले सुतेको समयमा घुर्ने लक्षण देखिएकाहरुको वास्तविक रोगको पहिचान गरि उपचार गराउन अत्याधुनिक स्लिप मेडिसिन ल्यावको सुरुवात गरेको हो ।


केही न केही समस्याको कारणले मान्छेहरु घुर्ने भएकाले त्यसको पहिचान गरेर उपचार गराउने उदेश्यले अस्पतालले स्लिप मेडिसिन ल्यावको सुरुवात गरेको हो । सुतेको समयमा घुर्ने समस्या भएका व्यक्तिले तत्कालै चिकित्सकको परामर्श नलिए मस्तिष्कघातसम्म हुन सक्ने भएकाले धुलिखेल अस्पतालमा यो सेवा सुरु गरेको डा.मोनिका पोखरेलले बताईन् । डा.पोखरेल जर्मनीमा पुगेर यस बिषयमा विशेषज्ञता हासिल गरेसँगै अस्पतालले उनकै नेतृत्वमा घुर्ने समस्या समाधानको उपचार सुरु गरेको हो । धुलिखेल अस्पतालमा आधुनिक जर्मन मेशिन जडान गरिएको छ, जुन मेशिनमा चेकजाँच गराउन बिरामीलाई अत्याधुनिक सुविधा सहितको कोठामा सुताएर पोलिसोमनोग्राफी जाँच गरिने डा.पोखरेलले बताईन् ।

‘नाक, कान, घाँटीमा वा शरिरको अंङ्गहरु मुटु, फोक्से, नसा सामान्य अवस्थामा नभएपछि घुर्ने गर्दछ’ डा.पोखरेलले बताईन् त्यसको पहिचान गरेर उपचार गराउन धुलिखेल अस्पतालमा यो सेवा सुरु गरेका छौ ।
घुर्ने समस्या सामान्य भनेर बस्यो भने त्यसले जटिल समस्या नित्याउने सक्नेछ । मानिस सुतेपछि घुर्न थालेपछि श्वासनै रोकिने, उच्च रक्तचाप, मधुमेह, आघात, हृदय विफलता, अनियमति हृदयताल हृदयघात, डिप्रेशन र दिमागलाई एकीकृत गर्न नसक्ने समस्या देखा पर्ने डा.पोखरेलले सुनाईन् । नेपालका थोरै मात्रै अस्पतालले यो सेवा सुरु गरेकोमा धुलिखेल अस्पतालले सर्वसुलभ तरकारीले उपचार सेवा सुरु गरेको छ । घुर्ने समस्याले परिवारमा मात्रै समस्या नभएर सामाजिक जीवनमा समेत असर पार्ने गरेको छ । संसारमै घुर्ने रोगको उपचारका लागि प्रयोग हुने मेसिनमै अत्याधुनिक मेशिनवाट धुलिखेल अस्पतालले सेवा प्रारम्भ गरेको हो ।


तपाईको प्रतिक्रिया