(सुरज श्रेष्ठ) काभ्रेपलाञ्चोक २८ जेठ २०७५ । “हाम्रो कला र संस्कृति गौरवपूर्ण शान, कलाकर्मीको उथानको लागी हाम्रो अभियान” भन्ने मूल नाराको साथ् राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा काभ्रे र इन हाउस क्रियसनको सयुक्त प्रयासमा राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनबाट निर्वाचित कार्यसमितीको  टिमलाई आज काभ्रेमा स्वागत तथा सम्मान गरेको छ । राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा काभ्रेले कार्यक्रमको आयोजना गरी निर्वाचित टिमलाई सम्मान गरेको हो ।

राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा काभ्रेका अध्यक्ष अमरकृष्ण चन्द्रको अध्यक्षता तथा रेडियो नेपालका बिशिस्ट श्रेणीका लोक गायक मछेश्वर सापकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै सापकोटाले चौथो महाधिवेशनबाट निर्वाचित कार्यसमितीलाइको टिमलाई बधाई दिदै हामि संगीतकर्मीलाइ देशको गहना भन्ने गर्छन तर हामि गहना होइन, हामि त् देशका सम्पती हो, हामि काभ्रेको संगीतकर्मीलाइ मात्र होइन नेपालको सबै ठाउको संगीतकर्मीलाई भेदभाव गर्न हुन् सम्मान गर्न पर्छ, संगीत क्षेत्रमा मात्र लागेर हुन् त्यसमा निरन्तर दिनु ठुलो कुरा हो, संगीत क्षेत्रमा कहिले बुढो हुदैन त्यसैले म आफ्नै धर्म पत्नीलाई पनि संगीत सिकाउदै सापकोटाले भने ।

कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघको केन्द्रीय अध्यक्ष राजेन्द्र कुमार कार्कीले संगीत बिकास बोर्ड गठन हुन जरुरी छ, संगीतकर्मी सदै पहिला जस्तो भएर बाच्न नसक्ने भएको कारण संगीतकर्मीलाई पनि सरकारी हस्पिटलमा फ्री उपचारको लागी प्रयन्त गरेको, राष्ट्रिय संगीतकर्मी संघको केन्द्रबाट सरकार संग ११ बुदे माग राखेको बताए र पुर्ब अध्यक्ष चर्चित लोक दोहरी गायक रेशम थापा भन्नुहुन्छ, सबैभन्दा पहिलो प्राथमिकता भनेको कलाकार टिकाउन सबै क्षेत्रबाट रोयल्टी उठाउनु जरुरत छ ।

कार्यक्रममा बरिस्ट गायक काभ्रेको शान गुल्मी गाइज हरि कर्माचार्य, लोक दोहोरी गायिका सरस्वती सापकोटा, रामशरण जंगम, सामाजिक ब्याक्तित्व, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुका साथै स्थानियवासिको उपस्थिती रहेको थियो, भने कार्यक्रम संचालन मधु लामाले गर्नु भएको थियो ।


तपाईको प्रतिक्रिया