काठमाडौं । स्याङ्जा जिल्ला हरिनाश गाउँपालिका २ खहरेमा पिता तुलसी राम पौडेल र माता राधिका देवी पौडेलको कोखबाट परिवारको कान्छी सन्तान ३ दाजुभाईकी प्यारी कान्छी छोरीको रुपमा जन्मनु भएकी असल मेहनती र कर्मशील चन्द्रा मरासिनी जुना बिगत १० बर्ष देखि सुखी परिवार श्रीमान र एक छोरा सहित देशको केन्द्र काठमाडौं लाइ आफ्नो कर्मथलो बनाई गायन मोडलिङ र कलाकारिता क्षेत्रमा सङ्घर्ष गर्दै आउनु भएको छ । जोडि मैना र लोक कमेडी गीत मोटामोटी बजारमा आईसकेका छन भने आउदै गरेको नारिहरुको महान पर्व तीजको कोशेली स्वरुप भाग्यमानी छोरी बोलको गीत चाडै नै बजारमा ल्याउदै गरेकी उनै कर्मशील व्यक्तित्व चन्द्रा मरासिनी जुना संग वेथानचोक खवर डट कम सहकर्मी नवराज ढुंगानाले गर्नु भएको भलाकुसारी : 

० आज भोलि के काममा व्यस्त हुनुहुन्छ ?
म आफ्नै पसल अनि तीज गीतको रेकर्डिङ तथा व्यक्तिगत काममा व्यस्त छु ।

० तपाइले काठमाण्डौ लाई नै कर्मथलो वनाउनुको कारण चै के हो त ?
मान्छेको जीवन कहाँ के र कसरी चल्छ कसैलाई थाहा हुदैन समय र परिस्थितिले जता कुदाउछ त्यतै दौडन सक्नु पर्दो रैछ यसै अनुरुप काठमाण्डौ छिरेर व्यापार गर्न थालियो । यतै रमाईयो छोडेर जान मन लागेन यतै कर्मथलो भयो ।

० व्यापार व्यवसाय गर्ने मान्छे कलाकारितामा प्रवेश कसरि त ?
गीत गाउने रहर सानै देखिको हो । समय र परिस्थिति मिलेन । २०७२ सालमा महाभुकम्प गयो अब बाचिदैन रहर अधुरै भयो झै लाग्यो । धन्न वाचियो अनि अब चै रहर पुरा गर्नुपरो भन्ने लागेर गित सँगित तिर लागेको हूँ।

० व्यापार व्यवसाय गाह्रो हो कि कलाकारिता क्षेत्र गाह्रो हो त?
सजिलो काम त के नै छ र आफ्नो क्षेत्रमा सवै काम मुस्किल नै हुन्छ । कलाकारिता रहरको क्षेत्र भएकाले मुस्किल अनुभव गरेकी छैन ।

० फुर्सदको समयमा के गर्न रुचाउनु हुन्छ ?
प्राय पसलमा नै हुन्छु ।गीतहरु सुन्छु गुनगुनाउछू ।रचना हरु लेख्छु ।सामाजिक संजाल तिर पनि भेटिन्छु ।

० जीवन के हो ?
जीवन संघर्ष हो अनुभवको प्रत्याभूत हो ।

० प्रेम के हो ?
परिस्थिति अनुसार प्रेम को उत्तर विभिन्न छन प्रेम मन को बिश्वास हो भन्छु म चाहिँ

० अन्तमा केहि भन्न चाहनु हुन्छ ?
सबैलाई सहयोग गर्ने बानी बसालौ । मानिस भएर जन्म लिए पछि दुखमा न आत्तिने र सुखमा न मातिने हुनु पर्छ जिन्दगी को केही भरोसा छैन कति बेला के हुन्छ कसरी अन्त्य हुन्छ भन्दै अन्तिममा यो अवसर दिनु भएकोमा वेथानचोक खवर डटकम र तपाइँ नवराज ढुंगाना लाइ विशेष धन्यबाद ।


तपाईको प्रतिक्रिया