(अमरकृष्ण चन्द)
जहिल्यै पनि नेपाली कला क्षेत्र सरकारबाट उपेक्षित हुँदै आएके छ । भन्नलाई चाहिँ सार्वजनिक कार्यक्रमहरुमा कलाकार राष्ट्रको गशना हो भन्ने गर्छन् तर कलाकारलाई मात्र गहना सम्झने गरिदै आएको छ । जसले गर्दा राज्यबाट कलाकार तथा कलाक्षेत्र हेपिदै आएको आम कलाकर्मीहरुले महसुश गर्दै आएको पाइन्छ । कलाक्ष्ँेत्रले राष्ट्रको पहिचान र गरिमा बढाउन उल्लेख्य योगदान पुयाउँदै आएको तीतो यथार्थ कसैबाट लुकेको छैन तर पनि किन कलाक्षेत्र उपेक्षित ? देशका ठूला ठूला परिवर्तनमा समेत कलाकर्मीको साथ र सहयोग महत्वपूर्ण रहेको पाइन्छ । तर पनि खै त कलाकर्मीलाई राष्ट्रले सम्झेको ?नेपाली कलाक्षेत्रको इतिहास पल्टाउने हो भने लिच्छवीकालदेखि नै नेपाली कला क्षेत्रको विकास भएको पाइन्छ । समयले कैयौ युग परिवर्तन गरे । अहिलेको २१ औं शताब्दीमा आइसक्दा कला क्षेत्रले आफ्नै रफ्तारमा कोल्टे फेर्दै यसको विकासक्रमको गतिलाई समेत अघि बढाउँदै लगेको छ । विश्वको कलाक्षेत्रले निकै नै प्रगति गरिसक्दा पनि अफसोच नेपाली कलाक्षेत्रले भने उल्लेख्य प्रगति गर्न नसकेको तीतो यथार्थ हामी सबैलाई अवगत नै छ ।

कला क्षेत्र भनेको हरेक प्राणीको सारथीको रुपमा परिचित हुँदै आएको कुरालाई हामी कसैले नकार्न सक्दैनौं । हामी मानवका लागि त अहिलेको प्राविधिक अनि वैज्ञानिक युगमा कलाक्षेत्र दुःख सुखका साथिको रुपमा रुपान्तरित हुँदै गएको छ भन्दा सायदै अत्युक्ति नहोला । त्यसैले किंवदन्ती पाइन्छ त्रेता युगमा सुख दुखको अनुभव गरिन थालियो, सारा संसार यसैमा आक्रन्त भए । जन कुरा ब्रह्माजीले थाह पाइ संस्कृत वागंमयमा नाट्य वेदको रचना गरेर पृथ्वीमा पठाएको चर्चा रहेको छ । नेपालको कलाक्षेत्रको इतिहास पल्टाउने हो भने राज दरवारमा हुर्के बढेको नाट्य रंगमञ्चको व्यवस्था र स्वरुप प्राचिन कालमा फरक फरक पाइन्छ । भरतमुनिले आफ्नो नाट्य शास्त्रमा नाट्य कलाको सबै सैद्धान्तिक र प्रयोगान्त पक्षको सुक्ष्म विवेचना गरेको पाइन्छ । नाट्य तत्वको सबै दुखान्त, सुखान्त र त्यसको अनुकुल साथै प्रतिकुल आदिको सुक्ष्म विश्लेषण समेत गरेको पाइन्छ । हरेक देशको आफ्नै भुगोल, भाषा, भेषभुषा, जीवनशैली र संस्कृति हुन्छ । नेपाल चार वर्ण छत्तिस जाातका सुन्दर फूलबारी भएकाले नेपालमा झन विविधता भित्र एकताले भरिएको पाइन्छ । जुन हाम्रो गर्वको विषय हो । हाम्रोे देशका विभिन्न स्थानमा रहेका गाथा, लोकनाच, डबली नृत्य तथा संगीतको आफ्नै विशेषता रहेको छ । हाम्रो आआफ्नै संस्कृतिमा हुर्केको मारुनी, घाटु, सोरठी, वालुन, अस्टमातृका, असारे, झ्याउरे, कौरा, पञ्चबुद्ध, धिमे, समला, तप्पा, पूर्वेली, देउडा, सेब्रु, सेलो, झिंझियाँ, धिमाल लगायतका थुप्रै लोकलय, नृत्य तथा लोक नाट्यकलाले नेपाली संस्कृति अनि कलाक्षेत्रलाई विश्व रंगमञ्च अनि कलाक्षेत्रमा परिचित गराएको छ । हाम्रो अस्तित्व र पहिचानलाई चिनाएको छ ।

मोतिराम भट्टको शकुन्तता नाटक देखि नेपाली कलाक्षेत्रले अझै फड्को मार्न थालेको विज्ञहरु बताउँछन् । शकुन्तलामा हिन्दी नाटक हरिशचन्द्रको प्रभाव रहेपनि यसले नेपाली कलाक्षेत्रको विकासको खुड्किोलोको रुपमा लिन सकिन्छ । मौलिक नाटकको रुपमा पहलमान सिंह सुहारको अटलवहादुर नेपाली भाषाको पहिलो नाटकको रुपमा लिइएको पाइन्छ । समयको परिवर्तनसँगै नेपाली कला क्षेत्र बिस्तारै बिस्तारै अघि बढ्न त लाग्यो तर समयको मागसँगै यसलाई डोहोयाउने सरकारी स्तरबाट हालसम्म कुनै निति निर्माण हुन नसक्नु पक्कै पनि दुखद मान्नु पर्छ । सरकारी तहबाट कला, संस्कृति संरक्षण सम्बद्र्धनका संवाहकको रुपमा अहोरात्र खटिरहेका कलाकार अनि कलाक्षेत्रको विकासका लागि आवश्यक निति निर्माण अहिलेसम्म बनाइएको पाइदैन । कलाकारहरुको सामाजिक सुरक्षामा समस्या देखिएको छ । कलाकारहरुको दैनिकी सधैं दुखद नै रहेको पाइन्छ एकाध बाहेक । बाँचुन्जेल कलाक्षेत्र कै लागि भाकभोकै हिँड्न विवस अनगिन्ती कलाकारहरुको उदाहरण भेटिन्छन् । बाँचुन्जेलको पीडा त छँदैछ मरण पत्तचात पनि कलाकारको सम्मानको संस्कृति बस्न सकेको पाइदैन । के यो राज्यको कलाकार अनि कलाक्षेत्रप्रति अन्याय होईन र ? के राज्यको कलाकार र कलाक्षेत्र प्रति कुनै दायित्व छैन ? के दलको भोट माग्नको लागि मनोरत्तजनका साधन मात्रै हुन् त कलाकार ? आखिर कलाकारले पनि म कलाकार हुँ भनेर गर्वसाथ छाती फूलाएर कलाकारिता पेशाबाट नै परिवार अनि छोरा छोरी पाल्ने दिन कहिले आउला ? के कलाकारलाई देशको गहना हो भनेर सार्वजनिक कार्यक्रममा भाषण गरेर मात्र कलाकार र कलाक्षेत्रप्रतिको दायित्व पूरा हुन्छ त ? यस्ता अनेकौं प्रश्नहरु ज्यूँका त्यूँ यथावत नै छ । अनेकौ कालखण्ड बेहोर कलाकार अनि यस क्षेत्रले ।

लिच्छवीकालदेखि विकास भएको नेपाली कलाक्षेत्र विविध युग हुँदै राणकाल, प्रजातन्त्र, पञ्चायत, बहुदलीय प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा पनि खै त राज्यले कलाकार अनि कलाकारितालाई सम्बोधन गरेको ? हरेक परिवर्तनका लागि कलाकारले पु¥याएको योगदान के सिमित दल अनि तिनका नेतालाई सत्तामा पुयाउनको लागि मात्र हो त ? अझै पनि राज्य नपुगेको स्थानमा कलाकारहरु पुगेर समाजमा सचेतना जगाउने एउटा संवाहकको भूमिकामा आफ्नो दायित्व निर्वाह गर्ने गरिरहेका छन् । उनीहरुको योगदानका उचिते कदर राज्यले गर्नुपर्ने होईन र ? दुई चार वटा, पाटी पौवा, देवल, मन्दिरका टुँडालको जिर्णेद्दार गर्दैमा कला संस्कृतिको संरक्षण संबद्र्धन हुन्छ ? कला, संस्कृतिप्रतिको राज्यको दायित्व पुरा भयो ? कला संस्कृतिको साँचो संरक्षण संरक्षण विकास गर्ने भनेको कलाकारहरुले नै गरिरहेका छन् भन्दा अत्तयुक्ति नहोला सायद । नेपालीहरुको मौलिक कला संस्कृति, भाषा, भेषभूषा, रितिथिति, रहनसहन आदिको विकास र संरक्षण संबद्र्धनमा सक्रिय कलाकारहरु संगितकर्मी, रंगकर्मी, नृत्यकर्मी लगायतकाको हक हितका लागि राज्यले निति निर्माण गर्न अत्यावश्यक छ । राज्यलाई कलाकर्मीहरुको लागि सधै सहयोग गर्न आवश्यक छ । अनि मात्र नेपाली कलाक्षेत्रको समृद्ध विकास हुन्छ । जय देश, जय कलाकारिता ।

(अध्यक्ष, नाट्यकर्मी महासंघ काभ्रे÷राष्ट्रिय संगितकर्मी संघ, काभ्रे, सचिव नृत्य निर्देशक संघ नेपाल काभ्रे)


तपाईको प्रतिक्रिया