(अमृत ओझा) । नेपाली लोकदोहोरी क्षेत्रमा डान्स र अभिनयको माध्यमबाट छोटो समयमा नै आफ्नो पहिचान बनाइ सकेका मोडेल सन्जिब ठकुरी र चर्चित नायिका तथा मोडेल अनु शाहको अभिनय रहेको भुनभुन गर्ने भमरा नामक म्युजिक भिडियो सार्बजनिक भएको छ ।

गीतमा गायक रोसन सिँह र गायिका सुसिता तामाङ्गले स्वर रहेको छ भने शब्द तथा संगीत गायक सिँह कै रहेको छ । काभ्रेको विभिन्न रमणीय स्थानहरुमा छाँयाकन गरिएको उक्त भिडियोलाइ प्रकाश खड्काले खिचेका हुन भने बिक्रम चौहानले निर्देशन गरेका छन ।सम्पादन भने मिलन बिकले गरेका हुन । छोटो समयमा नै लोकदोहोरी क्षेत्रमा राज गर्दै आएका ठकुरिले दर्जनौं गितहरुमा अभिनय गरिसकेका छन् ।

उनले अभिनय गरेको काभ्रे जिल्ला मायाको लालकिल्ला बोलको गित अहिले निकै चर्चित रहेको छ ।

(भिडियो हेर्नुहोस) 


तपाईको प्रतिक्रिया