बनेपा । मानवतावादी अभियानमा सकृय बनेपा पुलबजारका कविरकुमार रंजितकार मानवतावादी अभियानको केन्द्रीय अध्यक्षमा चयन भएका छन् । शनिवार बनेपामा भएको अधिवेशनले रंजितलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । केही बर्षदेखि अभियानमा सकृय रहँदै आएका रंजितकारले अध्यक्ष बनेसँगै मानवतावादी अभियानमा आफूलाई समर्पित गरेको बताए । उनले मानव जीवननै मानवतावादी अभियानमा अडिएकाले आफू त्यसमा सकृय बनेर लाग्ने बताए ।

अधिवेशनले सुनिता केसी उपाध्यक्ष, विवेक भट्टराई महासचिव, उदिप वैद्य कोषाध्यक्ष, सुनेना श्रेष्ठ सचिवमा चयन गरेको छ । मगजबहादुर पन्थी, रामसुन्दर कुँवर, जयादेवी श्रेष्ठ, विन्द्रा विश्वकर्मा चेतना नेपाल र गंगा थापामगरलाई समितिको कार्यसमितिमा चयन गरेको छ । अधिवेशनमा देशभरिका मानवतावादी अभियानमा सकृय सदस्यहरुको सहभागिता रहेको थियो । अधिवेशनको उद्घाटन केन्द्रीय अध्यक्ष सुरेश सैंजुले गरेका थिए । कार्यक्रमको सभापतित्व समेत ग्रहण गरेका सैंजुले सबैले मिलेर मानवतावादी अभियानमा सकृय भएर लाग्नु पर्ने बताए । कार्यक्रममा तुल्सी सिग्देलले नेपालमा मानवतावादी अभियानको विकासको बारेमा मन्तव्य राखेकी थिईन् ।

बनेपा समन्वय समितिको संयोजक रोसनी संंैजुले स्वागत मन्तव्य राखेको कार्यक्रममा उद्घोषण सचिव विवेक भट्टराईले गरेका थिए । सो अवसरमा नेपालमा मानवतावादी अभियान भित्राउने एचएम तुल्सी सिग्देल र केन्द्रीय अध्यक्ष सुरेश संैजुलाई सम्मान गरिएको थियो ।


तपाईको प्रतिक्रिया