(केशवराज पौडेल) । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको जस्तो चर्चा छ । त्यो चर्चालाई सहयोग गर्ने काममा नेपाल विद्युत प्राधिकरण काभे्रेका प्रमुख ईञ्जिनियर रविन्द्र कुमार यादवले ठूलो सहयोग गरेका छन् । पटक–पटक ताकेता गर्दा पनि पाँच बर्षदेखि एउटा ठूलो ग्राहकले १६ लाख बक्यौता तिरेको थिएन । उनले कम्पनीमा संम्लग्नहरुको घरको समेत लाईन काट्ने पत्र घर–घरमा पठाएपछि १६ लाख रुपैया यो सातामात्रै उठेपछि उनको चर्चा झनै चुलिएको छ ।
उनी हरेक दिन गरेको कामको प्रगती विवरण सामाजिक संञ्जालमा राख्ने गर्दछन् कर्मचारीलाई योजना बनाएर कामका खटाउने गरेका छन् । नेपाल विद्युत प्राधिकरण काभ्रे शाखाको ईतिहासमै सबैभन्दा धेरै बक्यौता उठाएका ईञ्जिनियर रविन्द्र कुमार यादवको चर्चा कुलमान घिसिङसँग गरिन थालिएको छ । काभ्रेमा बक्यौता रहेको १ करोड भन्दा धेरै रकम उठ्ने आशा स्वयम् प्राधिकरणले समेत गरेको थिएन । तर स्थानीय सरकार, प्रहरी, आम संचार माध्यमको सहयोगमा काभ्रेमा बक्यौता रहेको रकम उठाएर काभ्रेमा कुलमान जस्तैका चर्चा परिचर्चा यादवले बटुल्न थालेका छन् ।

काभ्रेमा हरेक बर्ष विद्युतका हामिकहरु फेरिएपनि यादवको जस्तो योजना कसैले पनि बनाउन सकेका थिएनन् । काभ्रेमा कुन ग्राहकले कति विद्युत महसुल बुझाउने भन्ने अभिलेख समेत काभ्रेमा थिएन । उनले काभ्रेमा आएपछि तीन महिना अभिलेख बनाउने काम गरे अनि आक्रमक रुपमा विद्युत चुहावट रोक्दै बक्यौता उठाउने काममा लागे । उनले एक बर्षमा ६५ लाख रुपैया बक्यौता उठाउन सफल भए अनि ५ सयभन्दा धेरै ठाँउमा विद्युत चोर्नेको विद्युत सामाग्री जफत गरेर २१ लाख राजस्वमा दाखिल गराएका छन् । नेपाल विद्युत प्राधिकरण काभ्रे शाखामा सरुवा भएर आँउदा ईञ्जिनियर रविन्द्र कुमार यादवका काँधमा चुनौतीनै चुनौती थिए । नेपालमै धेरै विद्युत चोरी हुने र बक्यौता नउठ्ने जिल्ला भएकाले शाखा प्रमुख भएर काभ्रे आउने चासो कमैले दिन्थे । उनले नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय काठमाण्डौं छाँडेर काभ्रेलाई रोजे नभन्दै काभ्रे आएको एक बर्षमै सुधारको निक्कै प्रयासहरु गरे । उनले दैनिक रुपमा भएको प्रगती विवरण आफ्नो फेसबुक पेजसँगै विद्युत प्राधिकरणको वेवसाईडहरुमा समेत राख्ने गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणमा एउटा लामो सूची हुन्छ त्यसलाई कालोसूचीको नाम दिईन्छ, काभ्रेमा १ करोड ९ लाखको कालोसूची थियो । विद्युत चोरी र चुहावट झण्डै ३९ प्रतिशत थियो । कागजपत्रको डकुमेन्टशन भद्रगोल थियो तर ईञ्जिनियर यादवले यसलाई अवसरको रुपमा लिए । उनले काभ्रेमा सेवा सुरु गरेको ११ महिनाको अवधीमा कालो सूचीमा रहेका ग्राहकवाट रकम ६६ उठाउन सफल भए । ‘ असारमसान्तसम्मको एक करोड पु¥याउने लक्ष्य लिएको छु ’ उनले भने ।


विद्युत चुहावट र चोरीका घटना नरोकिएपछि नेपाल विद्युत प्राधिकरण काभ्रेले टोलीनै बनाएर चोरी अभियान नियन्त्रणको प्रयास थालेको छ । भुकम्पको बहानामा गाँउदेखि शहरसम्म विद्युत चोरी गरेर पानी तान्ने, कुटानी पिसानी मिल संचालन गर्ने, कुखुरा फार्ममा चिसो तातो बनाउन प्रयोग गर्ने तथा घरायसी प्रयोगमा चोरीको बिजुली बाल्ने १ सय ४० जना सेवाग्राहीलाई एक महिनामा प्राधिकरणले नियन्त्रणमा लिएको हो । पटक–पटक लिखित र मौखिक अनुरोधलाई वेवास्ता गर्दै विद्युत चोरी कार्यमा संम्लग्न काभ्रेका एकसयभन्दा धेरै सेवाग्राहीलाई नेपाल विद्युत प्राधिकरणले रङ्गेहात नियन्त्रणमा लिएको छ । काभ्रे विद्युत प्राधिकरण वितरण केन्द्र बनेपाले विभिन्न ठाउँहरुमा गरिएको अनुगमनमा विद्युत चोरी गर्ने ग्राहकहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राजनीतिक दलका कार्यकर्ता, विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीहरु समेत रहेका छन् । एक दिन प्रहरी हिरासतमा लिएर उनीहरुलाई कारवाही स्वरुप जरिवाना तिराएर छाँडिएको नेपाल विद्युत प्राधिकरण काभ्रे शाखाले जनाएको छ । अनुगमनको क्रममा मिटर बिगारेर चलाएको घरमा जोडिएको तर लाई सिधै मिटरमा नराखेर सिधै प्रयोग गरेको, हुकिङ गरेर कुटानी पिसानी मेल चलाएको, पानी तान्नको लागि सिधै बिद्युत चोरी गरेर पानी तान्ने गररेको अवस्थामा विद्युत चोरी गर्ने व्यक्तिहरुलाई पक्राउ गरिएको विद्युत वितरण केन्द्र प्रमुख यादवले बताए । ‘ मान्छे समाएपछि फोन आउन थाल्छ एक दिनभन्दा धेरै थुन्दैनौ तर नसिहत स्वरुप जरिवान तिराउँछौ’ उनले भने । उनले सर्वसाधारणलाई दुख दिनु आफ्नो नियत नभएको स्पष्ट पार्दै भने विद्युत चोरी जघन्य सामाजिक अपराध हो । पक्राउ गरिएको ब्यक्तिहरुलाई विद्युत चोरी ऐन २०५९ अनुसार क्षतीपुर्ति रकम तिराउने र मिटर जोड्न लगाउने गरेको उनले बताए ।

काभ्रेमा सबैभन्दा धेरै मण्डन देउपुर नगरपालिकामा विद्युत चोरी हुने गरेको छ । त्यसपछि क्रमिक रुपमा पाँचखाल, पनौती, धुलिखेल, नमोबुद्धमा चोरी हुने गरेकोमा अभियाननै बनाएर प्रहरीसँगको सहकार्यमा जिल्लाभरीनै विद्युत चोरी घटनालाई कम गराउने काममा विद्युत प्राधिकरण सफल भएको छ । काभ्रेमा रहेको विद्युत चुहावट अहिले ३९ प्रतिशतवाट घटेर झण्डै २९ प्रतिशतमा आएको छ । प्राधिकरणकै पुरानो संरचना र अवैज्ञानिक वितरण प्रणालीवाट झण्डै १९ प्रतिशत चुहावट भएकाले त्यसलाई कम अभियानमा यादव लागेका छन् । काभ्रेका नगरपालिकाहरुमा समेत फरक फरक फिडरवाट लाईन विस्तार भएकाले नगरपालिकामा एउटै संरचनाको विकास गराउने प्रयास स्वरुप धुलिखेलमा एउटै फिडर कायम भएको उनले बताए । उनले अब बनेपा, पनौती, नमोबुद्ध, पाँचखाल र मण्डनदेउपुर नगरपालिका भित्र एउटै फिडर कायम गराएर विद्युत वितरणको अभियानमा लागेको यादवले सुनाए ।


तपाईको प्रतिक्रिया