पनौती । तेजगंगा बहुमुखी क्याम्पसको आयोजना र हातेमालो साहित्य संगम, काभ्रे र गोंगबु साहित्य समाज, काठमाडौको सह आयोजनामा यहि जेष्ठ २६ गते शनिबार तेजगंगा बहुमुखी क्याम्पसमा बृहत् रचना वाचन सम्पन्न भएको छ ।

क्याम्पस प्रमुख डा. अम्बुभवानी कार्कीको अध्यक्षता र वरिष्ठ साहित्यकार मोहन दुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बरिस्ठ गजलकारहरु ज्ञानुवाकर पौडेल, डा.घनश्याम परिश्रमी , साहित्यकारहरु डा.बिदुर चालिसे, डा.गोपाल पौडेल, सुर्यप्रसाद लाकोजु, भाग्यशाली अधिकारी, त्रिभुवन चन्द्र वाग्ले, छविरमण सिलवाल, मदनराज थापा, भुवन सिवाकोटी , तुयुकाजी ताम्राकार, मानन्धर अभागी, रामसुन्दर देउजा, नरेन्द्रकुमार नगरकोटी, घायल योद्धा नवराज, सिताराम आचार्य, सरस्वती चिमौरिया, लालकाजी श्रेष्ठ , यशोदा अधिकारी, प्रेम राई ‘परिक्षित’, रुद्र अधिकारी, बिमल झा लगायत राजधानी र काभ्रेका डेढ सय सर्जक तथा स्रस्टाहरुको उपस्थिति रहेको थियो ।

कार्यकममा गोंगबु साहित्य समाजकी अध्यक्ष द्वारीका कुइकेलद्वारा लिखित बर्णमालामा गीत पुस्तकको विमोचन समेत गरिएको थियो भने हातेमालो साहित्य संगम काभ्रेका अध्यक्ष रमेश घिमिरे ‘कर्मशिल’, सचिव छवि श्रेष्ठ सदस्यहरु अदिप अन्धकार, सौगात सहयात्री, रामचन्द्र लम्साल, सुशिला बिष्ट, अश्रु नेपाल, सबु धिमाल, रमेश घिमिरे, सरु उप्रेती, अनिता धिताल साथै बलराम घिमिरे, तारा केसी, सीता बिष्ट , त्रीपुरा पौडेल, पुष्पा धमला, उद्दव पोखरेल, रबिन्द्र आशिष , धुर्ब ताम्राकार, गितकार? बिनोद बञ्जारा लगायत करिब एक सय श्रष्टाहरुले आफ्नो सृजना प्रस्तुत गर्नुभएको थियो ।
हातेमालो साहित्य संगम काभ्रेले हरेक महिनाको अन्तिम शनिबार नियमित रचना वाचन कार्यक्रम गर्दै आइरहेको छ भने काव्य गुञ्जन साहित्यिक समूह मार्फत त्रैमासिक रुपमा ‘काव्य गुञ्जन’ समेत सञ्चालन गर्दै आइरहेको छ ।


तपाईको प्रतिक्रिया