काभ्रेपलाञ्चोक । काभ्रेको धुलिखेलमा शुक्रवार सम्पन्न दुई दिने राष्ट्रिय खेलकुद परिषद्को राष्ट्रिय भेलाबाट आगामीआर्थिक वर्षमाअहिलेकै संरचनाकायम राख्नजिल्लाअध्यक्षहरुले सरकारसँग माग गरेका छन् ।  ७५ जिल्लामा रहेको जिल्ला खेलकुदविकास समितिआगामीआर्थिक वर्षबाट नरहने सरकारको निर्णयमापुर्नविचार गर्न जिल्लाअध्यक्षहरुले माग गरेकाहुन् ।

जिल्लाको संरचनाकायम राख्नमाग
अधिकांशअध्यक्षहरुले जिल्ला खेलकुदविकास समितिलाई खारेज नगरी अधिकार सम्पन्नबनाउनमाग गरेकाथिए । मन्त्रीआए नै पिच्छे खेलकुद क्षेत्रको परिवर्तनकालागि राजनीतिकनारा लगाएपनिकामहुननसकेको अध्यक्षहरुले बताए । वर्तमान स्थायी सरकारले खेल क्षेत्रको बजेट बढाउँदै जिल्ला समितिहरुलाई अधिकार सम्पन्नबनाउनपहल गरेको विष्टले बताए । नयाँ संरचना कसरी स्थापितगर्ने भन्ने विषयमा समेत छलफल भएको विष्टले जानकारी दिए ।

कुनजिल्लाकाकसले पाए पुरस्कार ?
पहिलो पटक आयोजनागरिएको राष्ट्रिय भेलामा देशभरबाट उत्कृष्ट कामगर्न जिल्लाशाखाहरुलाई पुरस्कृत गरिएको थियो । १५ वटा जिल्लाविकास क्षेत्रबाट उत्कृष्ट छनौट गरी पाँचवटालाई पुरस्कृत गरिएको थियो ।
देशभर उत्कृष्ट हुने झापाजिल्ला खेलकुदविकास समितिले नगद ३ लाख रुपैया प्राप्त गरेको छ । शाखाअध्यक्षशंकर थापाले पुरस्कार ग्रहण गर्दै खेलकुदविकास समितिले आगामीदिनमाअझै सक्रियभएर कामगर्ने प्रतिवद्धता ब्यक्त गरे । कास्किजिल्ला दोश्रो हुन सफलभयो । कास्किले २ लाख रुपैया प्राप्तग¥यो भने कैलालीजिल्ला तेश्रो हुन सफलभयो । कैलालीले १ लाख रुपैया पुरस्कार राशीप्राप्त गरेको थियो । प्रोत्साहन स्वरुपकपिलबस्तु र मकवानपुर शाखालाई नगद २५ हजार सहित सम्मानगरिएको थियो । कार्यक्रममा सदस्य सचिव विश्ट, उपाध्यक्षलामा टेण्डी शेर्पा लगायतले मन्तब्य राखेकाथिए ।


तपाईको प्रतिक्रिया