बेथानचोक । गत वर्ष नेपाल सरकारबाट नमूना विद्यालयको रुपमा पुरस्कृत भएको पार्वती मा.वि बेथानचोकलाई रोमानियाका लाइफ भोलेन्टियरहरुले विभिन्न सामग्री प्रदान गरेका छन् ।

विद्यालयमा एक कार्यक्रम गरि उनीहरुले विद्यालयका लागि ९ थान आधुनिक प्रविधिका ल्यापटप कम्प्युटर विद्यालयलाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा उनीहरुले विद्यार्थीहरुका लागि स्टेसनरी वितरण गरेका थिए ।

५ दिन सम्म विद्यालयमै भोलन्टियर सेवा प्रदान गर्दै प्राथमिक तहका कक्षाकोठालाई रङ्ग्याउने कार्य गरिरहेका विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद शर्माले बताए । साथै उनीहरुले ५ दिन सम्म विद्यार्थीहरुका लागि विज्ञान भूगोल,कला मनोविज्ञान, कम्प्युटर साइन्स,खेलकुद लगायतका विषयमा कक्षा संचालन गर्ने शर्माले जानकारी दिए ।


तपाईको प्रतिक्रिया