बेथानचोक । बेथानचोक गाउँपालिका वडा न . ३ को आयोजना तथा गाउँपालिकाको चालू आ.व.२०७४/०७५ मा स्वीकृत कार्यक्रम अन्तर्गत वडामा रहेका ४० जना अगुवा कृषकहरुको लागि प्लास्टिक टनेल वितरण कार्यक्रम सम्पन्न भएको छ ।

वडा अध्यक्ष श्री दिल बहादुर श्रेष्ठ, गाउँपालिकाका कृषि प्राविधिक श्री बिकास आचार्य, वडाका जनप्रतिनिधि लगायत राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थितिमा सप्पन्न टनेल वितरण कार्यक्रममा कृषि प्राबिधिक बिकास आचार्यले टनेल निर्माणकार्य र गोलभेडा खेती सम्बन्धि कृषकहरुलाई जानकारी गराउनु भएको थियोे । वडाध्यक्ष दिल बहादुर श्रेष्ठले वडाको मुख्य पेशा कृषि रहेकाले कृषकहरुलाई प्रोत्साहित गर्न यो कार्यक्रम समाबेश गरिएको र आगामी वर्षमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिदै कृषि सम्बन्धि थप कार्यक्रम सहित उत्कृष्ट कृषकलाई पुरस्कारको व्यवस्था गरिने बताए ।


तपाईको प्रतिक्रिया