काभ्रेपलान्चोक । जबरजस्ती करणी मुद्दा मिलाइदिने भन्दै रकम असुल्ने १ जनालाई काभ्रे प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ‍‍‍‌‌‍ललितपुर महांकाल गाउँपालिका–१ का ३५ वर्षीय श्याम लामालाई पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा रहेको जबरजस्ती करणी मुद्दा मिलाइदिने भन्दै प्रतिवादीको बुबासँग २० हजार ठगी गरेको सूचनाका आधारमा लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।


तपाईको प्रतिक्रिया