(सुरज श्रेष्ठ) धुलिखेल । धुलिखेल नगर स्थित सरस्वती बजारमा बिश्व बाताबरण दिबस्को दिन नगर प्रमुख अशोक कुमार ब्यान्जुद्दारा ‘सरस्वती पार्क’को शिलान्यास भएको हो ।

धुलिखेललाई साँच्चिकै रमणिय धुलिखेल, शान्त धुलिखेल, पर्यटकीय धुलिखेल बनाउँन सक्छौं । बनेपा सिलगुढी बनोस, धुलिखेल दार्जीलिङ बनोस भन्ने उद्देश्य राखेको छु । कार्यक्रममा सरस्वती बजारको मौलिकतालाई कायम राख्दै पर्यटकीय महत्व बढाउने भएकोले सरस्वती पार्कको निर्माण गर्न १ करोड खर्च लाग्ने भएता पनि अहिले नगरपालिकाले २० लाख छुट्याइएर काम गर्न लागेको र पर्यटकीय क्षेत्र भएकोले पर्यटनमै सम्भावना  खोज्नुपर्नेमा उनले जोड दिएका छन् । सबै शहरहरुको मौलिकता हुन्छ । यहाँको मौलिकता भनेको पर्यटन नै हो । पर्यटनमा असर नपर्ने गरि, यहाँको जनताको जीवनमा समृद्ध ल्याउने सम्भावना हामीले पर्यटनमा देखेका छौं । त्यसैले यसैमा हामीले सम्भावना खोज्नुपर्ने नगर प्रमुख ब्याञ्जुले बताए ।

शिलान्यास कार्यक्रममा ब्याञ्जुले धुलिखेल नगरपालिकाको प्रत्येक टोलमा आधुनिक शान्त खालको पार्क निर्माण गर्ने योजना रहेको र अधिकंश वडामा कार्य शुरु भएको बताउँदै उनले अरु वडामा पनि शुरु हुने बताए । पिकनिक स्पोर्ट समेत रहेको देवीस्थानमा पनि अत्याधुनिक पार्क निर्माण गर्ने नगर प्रमुख व्याञ्जुले जानकारी दिए । देवीस्थानको डाँडामा पनि यस्तै खालको पार्क निर्माण गर्न हामीले लागेका छौं । धुलिखेललाई साँच्चिकै रमणिय धुलिखेल, शान्त धुलिखेल, पर्यटकीय धुलिखेल बनाउँन यस्तो खालको पार्ककहरु निर्माण गर्ने योजना रहेको उनले बताए ।

नगर प्रमुख अशोक कुमार ब्याञ्जु ‘सरस्वती पार्क’को शिलान्यास गर्दै गर्दाको भिडियो :


तपाईको प्रतिक्रिया