(सुरज श्रेष्ठ) धुलिखेल । विश्व वातावरण दिवस एक अन्तराष्ट्रिय दिवस हो । ५ जुन १९७३ देखि पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरण प्रति वैश्विक स्तरमा राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाउने उपलक्ष्यमा काभ्रेमा पनि विभिन्न कार्यक्रम सहित मनाएको छ ।

जिल्लाका विभिन्न नगरपालिका, गाउँपालिकामा प्रभातफेरी र बृक्षारोपण गरेर मंगलबार विश्व वातावरण दिवस मनाएको हो ।


धुलिखेलको ठूलीचौरमा १५० विरुवा रोपियो :
‘प्पास्टिक प्रदुषण निर्मूल पारौं, पुनःप्रयोग गर्न नसके बहिस्कार गरौं ।’ भन्ने नाराका साथ जिल्ला वन कार्यालय, काभ्रे र धोविखोला सामुदायिक वनको आयोजनामा धुलिखेल नगरपालिकामा रहेको ठूलीचौरमा बृक्ष रोपण गरिएको छ । विश्व वातावरण दिवसको उपलक्ष्यमा १५० वटा विरुवा ठूलीचौरमा रोपिएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष विनोद सापकोटा, जिल्ला समन्वय समिति जिल्ला वन कार्यालयका प्रमुख प्रेम खनाल, वन पैदावर संघका अध्यक्ष माधवमणि हुँमागाईं र काभ्रे जिल्लाको कायालय सम्पूर्ण प्रमुख लगायतले विरुवा रोपेका थिए ।

मयुरपंखी, धुपी र कपूर गरी ३ जातका बिदुर रोपेका थिए ।


वातावरण दिवस सेनाले पनि विरुवा रोपेर मनाए : 
धुलिखेलमा रहेको नेपाली सेनाको विष्णुदल गणले पनि आफ्नो व्यारोक परिसर ठूलीचौरमा पनि विरुवा रोपेर वातावरण दिवस मनाएको छ ।श्री विष्णुगण दलका प्रमुख सेनानी रामहरि केसी, विनोद पाठक लगायतकाले विरुवा रोपेका थिए । ठूलीचौरमा नेपाली सेनाले २५ वटा विरुवा रोपेका थिए ।

यसैबीच भकुण्डेमा रहेको नेपाली सेनाहरुले १ सय ५० वटा विरुवा रोपेको सेनानी केसीले जानकारी दिए ।

कागजी बदाम, स्याउ, चुच्चे ओखर, सुन्तला, आम्बा, कागती, अंगुर, ल्याङ स्याङ टाङ गरी ११-१२ जातका विरुवा रोपेको हो ।


तपाईको प्रतिक्रिया