(अमृत ओझा)  मलेसिया । पछिल्लो समय संगीत क्षेत्रमा निकै हौसला पाएका तथा समाजिक संजालहरुमा भाईरल बनेका अशोक दर्जी संगीत प्रस्तुतिका लागि मलेसिया जाने भएका छन् । टंक बुढाथोकीको रचनामा बनेको धन बिनाको मन’ गीत गाएर भाइरल बनेका अशोक , सोही संगीत प्रस्तुत गर्न मलेसिया जाने भएका हुन । बालगायकको रुपमा चिनिन थालेका दर्जीको यो पहिलो विदेश यात्रा हुनेछ । मलेसियामा रहेका नेपालीहरुको निमन्त्रणामा संगीतकार टंक बुढाथोकीसँगै उनी जाने भएका हुन् । मलेसियाको महानपर्वको रूपमा मानिने हरिरायको अबसर पारेर जून १५ देखि १७ सम्मको कार्यक्रम रहेको संगीतकार बुढाथोकीले जानकारी दिए ।

असोकसङ संगीतकार टंक बुढाथोकी , हास्यकलाकार दमन रुपाखेती , हास्यकलाकार राजन चौलागाईं (खैराते) , हास्यकलाकार तथा डान्सर भोगटे डन, गायिका मिना निरौला, नायिका सुप्रीया कट्वाल, DJ रुपक लगायतले आफ्नो प्रस्तुति दिनेछन । “हामी नेपाली हाम्रो नेपाल ” भन्ने मुलनाराका साथ अशोक दर्जिको घर निर्माण गर्नका निमित्त अशोक दर्जिको घर निर्माण सहयोगार्थ २० औं फ्रेण्डशिप धमाका २०७५ कार्यक्रम लिएर उनिहरु मलेसिया जान लागेका हुन । कार्यक्रमबाट उठेको रकमले असोक दर्जिको घर निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ । मलेसियापछि दुवई जाने जाने कार्यक्रम रहेको र दुबईमा २२ तारिखमा कार्यक्रम रहनेछ । असोक दर्जिलाई अहिले ‘धेरै देशबाट प्रस्तावहरु आइरहेका छन्, अहिलेसम्म मलेसिया र दुबईको सेड्यूल फिक्स्ड भएको छ,’ बुढाथोकीले भने ।दर्जिले गाएको पहिलो गीत यतिबेला यूट्युवमा लोकप्रिय बनिरहेको छ ।

गीतले अहिलेसम्म ६७ लाख भ्यूज पाइसकेको छ भने २२ हजार प्रतिक्रिया आएका छन् । यही गीतका कारण अशोकको डिमान्ड देश तथा विदेशमा हुन थालेको छ ।


तपाईको प्रतिक्रिया