बेथानचोक । बेथानचोक गाउँपालिका वडा नं. ३ को आयोजनामा एघारौं गणतन्त्र दिवस तथा प्रथम वडा कार्यालय स्थापना दिवसको उपलक्ष्यमा आयोजित लैगिक समानता तथा महिला आय आर्जन मूलक तालिम एवं एकल विधवा महिला सम्मान कार्यक्रममा सम्पन्न भएको छ ।


गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाको प्रमुख आतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको उद्घाटन गदै अध्यक्ष तिमल्सिनाले शहिदहरु प्रति सदैव सम्मान गनु पर्ने बताए । गणतन्त्र त्यसै आएको होइन । पटक पटक आन्दोलन भयो । २०४६ सालको जनआन्दोलन र २०६२÷०६३ को आन्दोलन लगायतका आन्दोलन बाट देशमा गणन्तत्र आएको बताएका थिए ।कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरिता लामिछाने, बेथानचोक गाउँपालिकाका प्रशासकिय अधिकृत टेकराज आचार्य, विष्णुदल गणका गणपति रामहरी केसी, नेपाल शिक्षक प्रदेश नं. ३ का प्रमुख नारायण तिमल्सिना लगायतले गणतन्त्रका विषयमा चर्चा गरेका थिए । वडा नं. ३ का वडा अध्यक्ष दिलबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा ३ नं. वडाका विधवा महिला १ सया २० जनालाई सम्मान गरेको थियो । कार्यक्रम वडा कार्यलयका कर्मचारी राजकुमार श्रेष्ठले सञ्चालन गरेका थिए ।


तपाईको प्रतिक्रिया