बेथानचोक । बेथानचोक गाउँपालिका वडा नं. मा रहेको श्री कृष्ण गोपाल मावि अभिभावक भेला तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सरिता लामिछानेको प्रमुख आतिथित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्मोधन गदै उपाध्यक्ष लामिछानेले सामुदायिक विद्यालयमा पनि अब निजि विद्यालय सहर गुणस्तरीय शिक्षाको आवश्यता रहेको बताईन् । उक्त कार्यक्रममा वडा अध्यक्ष दिलबहादुर श्रेष्ठ,स्रोतब्यक्ति बाबुराम तिमल्सिना, पूर्व विव्यस अध्यक्षहरु वेदप्रसाद तिमल्सिना, दिपक शर्मा तिमल्सिना, शिक्षक अभिभावक संघ अध्यक्ष भवनाथ तिमल्सिना, ढुर्खक स्वास्थ्य केन्द्र (धुलिखेल अस्पताल) प्रमुख विपिन यादव लगायतले शैक्षिक गुणस्तरको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा बारेमा प्रअ चन्द्र प्रसाद तिमल्सिनाले प्रष्ट पारेका थिए भने गोपाल प्रसाद तिमल्सिनाले स्वाग मन्तव्य राखेका थिए । गणेश प्रसाद तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम विद्यालयका शिक्षक रामचन्द्र तिमल्सिनाले सञ्चालन गरेका थिए । उक्त भेलाबाट शिक्षक अभिभावक सघं र आमा समुह गठन गरिएको थियो । जसमा शिक्षक अभिभावक सघको अध्यक्षमा राम प्रसाद तिमल्सिना,सदस्यहरुमा शुसिला सञ्जेल, हुतराज घिमिरे, राधिका दाहाल, सविना वाइवा, भवनाथ फ्याल, ज्ञानप्रसाद तिमल्सिना, मथुरा तिमल्सिना र सावित्री सेञ्चुरी चयन गरिएको छ । भने आमा समुहको संयोजकमा शर्मिला तिमल्सिना, सदस्यहरुमा मथुरा तिमल्सिना, सावित्री तिमल्सिना, रिता श्रेष्ठ, एममाया श्रेष्ठ, शुसिला सञ्जेल, भक्ति श्रेष्ठ, मिनाकुमारी तामाङ, मञ्जु लामा र अनिता स्याङतान चयन भएका छन् ।


तपाईको प्रतिक्रिया