(राजकुमार गोले) काभ्रे । बालबालीकाले वनको ऐेसेलु संकलन गरि बिक्री गरेर भएको आम्दानीबाट पढाईखर्च जुटाउने गरेका छन् ।
बिदा तथा फुर्दसको समयमा विद्यालयमा पढने बालबालिकाहरुले पढाईको जोहो गर्न थालेका हुन् । बिपन्न तथा निम्न आय स्रोत भएका बालकालिकाहरु अरनिको राजमार्ग र बिपी राजमार्ग छेउमा बसेर गाडी रोकी यात्रुलाई ऐसेलु बेचि रहेको भेटिन्छन् । घर नजिकैको जंगलमा फुर्सदको समयमा ऐसेलु टिपेर बिक्री गर्न स्थानीय गणेश माध्यामिक विद्यालयमा कक्षा ६ उर्तिना गरेका रमेश लामालाई भ्याई नभ्याई छ । उनी अहिले कक्षा ७ मा भर्ना भएका छन् । ‘ साथी भाईले राम्रो कपडा तथा जुत्ता लगाउँदा आफुलाई पनि मन लाग्छ तर पैसा हुँदैन उनले भने, ‘भनेको बेला कापी कलम किन्न र आफुलाई आबश्यक पर्ने सर समान किन्न पैसा हुँदैन वन जंगलमा भएको ऐसेलु बेचेर खर्चको जोहो गरिरहेको छु के गर्ने बुबा आमासँग पैसा हुँदैन ।’ बिदाको समयमा उनले दिनभर राजमार्ग छेउको सडकमा बसेर ऐसेलु बेचेर पैसाको जोहो गर्छन । कापी कलम र नयाँ जुत्ता लगाएर विद्यालयमा पढन जान हतारमा छन ।


बिदाको दिन राजमार्ग छेउमा बस्छन : 
ऐसेलु बेचेर दैनिक ४ देखि ५ सय सम्म आम्दानी गर्ने लामालाई सो आम्दानी कापी कलमदेखी जुत्ता मोजा खरिद गर्न सहयोगी बनेको छ ।
त्यसैगरी सोही गाउँका अर्जुन बि.कले पनि पढाई खर्च जुटाउन ऐसेलु टिपेर बिक्री गर्ने गरेका छन् । उनी पनि कक्षा ६ उर्तिण भई कक्षा ७ मा भर्ना भएको छ । लामा र वि.क जस्तै खावा, तिनपिप्ले, जस्ता जंङ्गलमा बिहान बेलुकी र बिदाको दिन ऐसेलु टिप्ने विद्यार्थीहरु धैरै छन् । विद्यार्थीहरुले तिनपिप्ले, खावा, पाँचखाल लगायत गाउँ र गणेश मावि ऐसैलु बिक्री गर्ने गरेका स्थानीय शिक्षक श्याम सापकोटाले बताए । यसरी ऐसेलु बेच्नेहरु अधिकांश बिद्यालय जाने बालबालिका तथा बृद्धाबृद्ध छन ।


डालोमै बेच्छन ऐसेलु : 
बनेपा बजारमा ऐसेलु बेच्न आइ रहने साबिक साल्मेचाकल–८ का बिशाल पहरीलाई ऐसेलु आयो भनेर कराइ रहनु नै पर्दैन । बरु ऐसैलुको डालोेदेखेपछि ग्राहकहरु आफै आउछन । अर्काको खेत र बारीमा टिपेर बेच्ने ऐसैलु बिशाल दिनमा १५ सयसम्म बचाउँछन । जनविकास मावि कक्षा ८ मा भर्ना भएका छन । यसबाट आफ्नो घर खर्च चलाउन सहयोग पुगेपनि नगरपालिकाले दुख दिने गरेको पहरीको गुनासो छ । ऐसेलुुबाट मनग्य आम्दानी हुने उनीहरु बताउछन ।


छोराछोरीलाई पढाउन ऐसेलु बेच्दै : 
एक डालो ऐसैलु बेचे बापत ३ हजार हुन्छ । दिनमा आफूले एक डालो ऐसैलु सजिलै बेच्ने गरेको पाँचखाल–५ खावाकी माइली मायाँ तामाङ बताउँछिन । माइली मायाँको पाखामा आफ्नै १०–१५ वटा ऐसैलुको बोट छ । माइली मायाँ घर पुग्दा घरका सदस्यले ऐसैलु टिपेर राखेका हुन्छन । सोही ऐसेलु बोकेर घरबाट बिहानै सदरमुकाम धुलिखेल बजारतर्फ लाग्ने माइली मायाँ गाडीबाट ओर्लेर बाटोभरी ऐसेलु बेच्दै सदरमुकाम धुलिखेल आइपुग्ने गरेको बताउँछीन । ‘सरकारी बिद्यालयमा निशूल्क शिक्षा पाइन्छ त पढाई खर्च किन चाहियो पढ्नु पर्दैन’ भन्ने जिज्ञासमा माइली मायाँले भनिन् ‘निशूल्क शिक्षा दिन्छ भनेर के गर्नु ?’ बिद्यालयलाई बार्षिक ८ देखि १२ सय ५० रुपैयाँसम्म तिर्नुपर्छ । तर केको लागि आफूले बिद्यालयलाई शुल्क दिइएको हो भन्ने माइली मायाँलाई यकिन छैन । अझ ट्यूशन पनि पढ्ने हो भने त बार्षिक ५ र ६ हजार नै लाग्छ । अनी खर्च चाहेन त ? उल्टो माइली मायाँको प्रश्न थियो ।  आफ्नो आर्थिक स्थिति कमजोर भएपनि सामान्य ब्यक्तिमा झै माइली मायाँमा पनि आफ्नो छोराछोरीलाई पढाएर जागिर खुवाउने अनी बिहे गरिदिने सपना रहेको बताइन । बर्षमा एक पटक मात्र फल्ने बनमा पाइने एक प्रकारको फल ऐसैलु बेचेर सिजन अनुसारको आम्दानी लिनु राम्रो हो । तर पढ्ने बेलामा बिद्यालय नै जान छोडेर ऐसैलु बेच्न लागेका बालबालिकाको पढाई भने कस्तो होला भन्ने चिन्ताको बिषय हो । सरकारले निशूल्क शिक्षा भनेपनि बिद्यालयहरुले बिभिन्न शिर्षकमा लिने शूल्कको जोहो बिद्यार्थी आफैले गर्नुपर्ने माइली मायाँ जस्ता बिद्यार्थीको सपना कसरी सारकार बनाउन सकिएला त ? यसतर्फ सम्बन्धित सबैले बेलैमा ध्यान दिनु आबश्यक देखिन्छ ।


तपाईको प्रतिक्रिया