बनेपा । पछिल्लो समय बनेपा नगरपालिकाको कामप्रति आम जनताले सकारात्मक कुरा धेरै गर्दैनन् । सरसफाईसँगै नगरले भर्खरै नियुक्त गरेको नगर प्रहरीको आलोचना सामाजिक संञ्जालमा हुँदै आएको छ । तर बनेपामा यस्ता बडाध्यक्ष पनि छन् जो जनताको काम भनेपछि हुरुक्कै हुन्छन् । उनको विगतदेखिको राम्रो छवीको कारणले उनलाई एमालेले उम्मेदाव बनायो अनि उनी वडाध्यक्षमा विजयी बने । वडाध्यक्षमा विजयी बनेसँगै सडक, खानेपानी, निती निर्माण र योजनामा उनी लागे । उनले निर्वाचनमा टिकट पाएपछि हार्ने भन्नेहरु पनि थिए तर बलियो प्रतिस्पर्धीलाई सहजै पाखा लगाएर उनको आफूलाई स्थापित गराए । शनिवार शिवकुमार थापाले एउटा स्वास्थ्य शिविरको आयोजना गरेर बडाबासीको मन जित्न सफल भएका छन् । उनले सामाजिक कामलाई वडाको पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छन् । शनिवार नेपाल हृदय रोग निवारण प्रतिष्ठानको सहयोगमा आयोजना गरेको मुटु रोग र मुधमेह रोगको उपचार गराउन आएका स्थानीयले उनलाई स्यावासी दिए ।

बनेपा नगरपालिका बडा नं ११ का अध्यक्ष शिवकुमार थापा वडावासीको स्वास्थ्य समस्यामा गम्भिर देखिएका छन् । उनको वडाका नागरिकहरुमा मुटुको अवस्था कस्तो रहेको छ भनेर जान्नको लागि निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेका छन् । ‘ अस्वस्थ्य खानपानसँगै बदलिदो जीवनशैलीको कारणले नागरिकमा स्वास्थ्य समस्या नहोस् भन्ने उदेश्यले स्वास्थ्य शिविरको आयोजना गरेका हौ´  । नेपाल हृदयरोग प्रतिष्ठान काभ्रे शाखासँग समन्वय गरेर उनले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरवाट ३ सयभन्दा धेरैले लाभ लिएका छन् । ‘मेरो टोलमै आएर वडाध्यक्ष थापाले शिविरको आयोजना गरेर हामीलाई ठूलै गुन लगाउनु भयो’ स्थानीय शिव बञ्जाराले बताए । वडाले आयोजना गरेको शिविरमा सेवा लिन बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिं वादेसँगै स्थानीयहरु वडा कार्यालयमै पुगेका थिए । शिविरमा नेपाल हृदय रोग प्रतिष्ठानका अनुभवी डाक्टरहरुको टोलीले चेकजाँच गरेका थिए । नेपालमै नाम चलेका डाक्टर बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बिरामीहरुको चेकजाँच गरेका थिए । ‘शिविरवाट ३ सयभन्दा धेरैले उपचार गराउनु भयो, मेरो बडावासीहरुको मुटु रोगको अवस्था कस्तो रहेछ भन्ने मैले जानकारी पाए, आगामी दिनमा यस्तो शिविरहरु वडाको अरु टोलमा समेत आयोजना गर्नेछु’ वडाध्यक्ष थापाले भने । बनेपा नगरपालिका वडा नं ११ मा भएको मुटुरोग तथा चिनीरोग सम्बन्धि शिविरको आयोजनाको वातावरण भने नेपाल हृदयरोग प्रतिष्ठानका कार्यसमितिका सदस्य नवराज मानन्धरले गरेका थिए । उनले बनेपा नगरपालिका वडा नं ११ मा मुटु रोग र चिनी रोगका रोगीहरुको अवस्था कस्तो रहेको रहेछ भनेर बुझ्न र आफू आबद्ध संस्थाहरु माफर्त सहयोगको काम गरेको मानन्धरले सुनाए ।

नेपाल हृदय रोग प्रतिष्ठान काभ्रेका अध्यक्ष विमल सिकु श्रेष्ठले सबैको सहकार्यमा आफूहरुले काभ्रे जिल्लाभरी यस्तो खालको शिविरको आयोजना गरिने बताए । ‘ यो सबै टिम वर्क हो,हामी टिम वर्क गर्न तयार छौ’ उनले भने काभ्रेका अरु नगर तथा गाँउपालिकाले सहयोग गरे हामी जिल्लाभरीनै यस्ता शिविरहरुको आयोजना गर्नेछौ ।’ शनिवार भएको स्वास्थ्य शिविरपछि आगामी दिनमा जनताको चाहना अनुरुपको काम गर्ने प्रतिबद्धता थापा व्यक्त गर्दछन् ।


तपाईको प्रतिक्रिया