(राजकुमार गोले/रामकृष्ण थापा) सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका११ र १२ माअवैध रूपमासुनकोसी नदी दोहनभएको छ।  खुला रूपमाबालुवा ढुंगाको चोरी निकासीहुँदापनि सरोकारवालानिकायमौन छन् । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११ सिम्लेमासुदर्शन गिरी र केशबराजगिरीलगायतले सञ्चालनगर्दै आइरहेको सिन्धु स्टोन एण्ड कन्स्ट्रक्सन प्रालिले सिन्धुपाल्चोकको सिम्ले र चेहेरेवरिपरिको सुनकोसी नदीतथावगरबाटअबैध रूपमाबालुवातथा ढुंगा उत्खननगरी रहँदा स्थानीयजनप्रतिनिधितथा गृहप्रशासनमौन बनेका हुन् ।

जिल्ला समन्वय समितिसिन्धुपाल्चोक, जिल्लाप्रशासनकार्यालय, प्रहरी प्रशासनतथास्थानीयतहको बेवास्ताले ल्लाकाअधिकांशप्राकृतिक स्रोतसाधन तस्करीहरूले दोहनगर्न छाडेका छैनन् । विभिन्नसरोकारवालानिकायमौन बसिदिँदाअवैध बालुवा,ढुंगातथाग्राबेल प्रयोग गरी क्रसर सञ्चालनगर्नेलाई प्रोत्साहनमिलेको स्थानीयहरूलेगुनासो गरेका छन् । सुनकोसी क्षेत्रबाट अत्याधिकबालुवा, ढुंगा तथाग्राबेल प्रहरी प्रशासनकै अगाडि चोरी निकासीभइरहेको छ,प्रहरीहरू सडकबाट टुलुटुलु हेर्छन् अनिचुँनबोलीफर्कन्छन्’ नामउल्लेख नगर्ने सर्तमागिरी थरका एक स्थानीयलेभने,‘अवैधानिकबालुवाउत्खनन् र क्रसर सञ्चालन रोक्न अख्तियार दुरूपयोग अनुसन्धानआयोगमाउजुरी परेपछि आयोगले गैरकानुनी ढंगले सञ्चालन गरेको निष्कर्ष निकाली केहीदिनबन्दगरेको थियो तर पछि कानुनसम्वत सञ्चालनगर्ने प्रतिवद्धता क्रसर व्यवसायीहरूले गरेपछि पुनः सञ्चालनमाआएकोथियो ।’  ‘त्यहाँका स्थानीयहरूले संयुक्त रूपमापटक–पटक नगरपालिका, जिल्ला समन्वय समिति, जिल्लाप्रशासन र प्रहरी प्रशासनलाई ज्ञापनपत्र बुझाइसकेका छन्,तर ज्ञापनपत्रको कुनै सुनुवाइभएको छैन ।’ दिनदिनै नदी, खोलामाभारी मेसिनझन्भन्दाझन् बढी लगाउँदै आएकोस्थानीयहरूले बताए।प्रहरी प्रशासनतथाविभिन्न सरोकारवालानिकायमाउजुरी गरेको व्यक्तिक्रसर सञ्चालकहरूले यकिनथाहापाएमाधम्क्याउने, उल्टै प्रहरी प्रशासनलगाई पक्राउगर्ने लगायतको क्रियाकलापगर्न थालिएपछि स्थानीबासीहरू डरले बोल्न मान्दैनन् ।


जनप्रतिनिधितथाप्रहरी प्रशासनकिनमौन ?
जनप्रतिनिधि आएपछि नदीतथाखोलामा अबैध बालुवातथा ढुंगाउत्खनन्गरी सञ्चालनहुँदै आएको अवैध क्रसर उद्योग बन्दहुने आशाराखेका त्यहाँकास्थानीयहरूथपनिराशभएका छन् । ‘जनप्रतिनिधिले स्थानीयतहको नेतृत्व गरेपछि थपप्राकृतिक स्रोतसाधन दोहनझन् किनबढेको होला?’ स्थानीय राजकुमार माझीलेप्रतिप्रश्न गरे, ‘नदीमाभारी मेसिनलगाएर बालुवाउत्खनन्स्थानीयजनप्रतिनिधितथाप्रहरीकै अगाडी भइरहेको छ तर न जनप्रतिनिधीको ध्यान जान्छ न त प्रहरी प्रशासनकै, उनीहरूको आँखा परेको खोई?’ जिल्लाप्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी बिमल कडेलले सुनकोसी नदीमाजथाभाबीलगाएको आधादर्जन स्काइभेटरहरु नियमन्त्रणमा लिएको जानकारी दिए ।उनले भने,सिन्धु स्टोन एण्ड कन्स्ट्रक्सन प्रालिले स्काइभेटर सञ्चालन गरेको हो भने म तत्काल नै पक्राउगर्न लगाउँछु कार्बाही हुन्छ ढुक्का हुनुस नदी बगरमाप्रहरी परिचालन गरी सकेको छुशुक्रवार ४ वटा स्काइभेटर नियन्त्रणमा लिइ सकेका छौँ ।’ चौतारा साँगाचोक गढी नगरपालिका–११ का वडा अध्यक्ष सुशिलमाझीले नदीतथाखोलामाबालुवाउत्खनन् गरेको भन्नउजुरी वडा कार्यालयमानआएको बताए ।अनुगमनगर्न जाँदाप्रहरी प्रशासनमात्रै जान्छ वडा अध्यक्ष सहितको जानपाउनु प¥यो नीप्रहरीकै मिलेमतामो बालुवाचोरी निकासीभइरहेको छउनले भने‘नदीमा जानुअघि नै प्रहरीले नै भगाउँछन वडा अध्यक्षले कसरी कार्बाहीगर्नु हजुर ।’

सार्वजनिक बगरक्रसर उद्योगले अतिक्रमण
सिम्ले कन्स्ट्रक्सन प्रालिले सुनकोसी नदीको सार्वजनिकवगर अतिक्रमण गरी आफ्नो मालसामन राख्ने थलो बनाएका छन् ।
अख्तियारले अवैधरूपमाक्रसर चलाएको भन्दै यसअघि बन्द गरेपश्चातपुनः सञ्चालनभएको उक्तप्रा.लि.ले झन् बढी गैरकानुनीक्रियाकलाप बढाउँदै लगेका छन् । सुनकोसीनदीको बगर कब्जा, नदीमाभारी मात्राको मेशिनदिनरातप्रयोग गरी बालुवातथा ढुंगा चोरी, बगरबाट आएको मालबाहक सवारीसाधनलाई आफूखुसी ३०० देखि १००० सम्म कर असुलीलगायतको गैरकानुनीक्रियाकलापलाई झन् बढावा दिँदै आएका छन् ।

जनप्रतिनिधितथाप्रशासनलाई आरोप
जनप्रतिनिधितथागृह प्रशासननिकायकै मिलेमतोमाखुलमखुलाबालुवा, ढुंगा र ग्राबेल तस्करी भइरहेको स्थानीयहरूले आरोप लगाएका छन् । अधिकांशचौर खोलामासिने गरी दोहनभइरहेको छ। नदीतथाखोलामादिनरातभारी मेशिनलगाउँदाजनप्रतिनिधितथा गृह प्रशासननिकायमौन भएपछि स्थानीहरूले यसरी आरोप लगाएकाहुन् । ‘क्रसर उद्योग सञ्चालनको स्वीकृतिलिएको बेलामाभन्दाअहिले बढी खुला रूपमाखोला नै गहिरो खाल्डो हुने गरी उत्खन्न गरी दोहनभएको छ,’ एक स्थानीयले भने, ‘प्रहरी, जिसस र ल्लाप्रशासनकाकर्मचारीकै मिलेमतोमाबालुवा रग्राबेल तस्करी भइरहेको छ।’

अनुगमनको नाटक गर्ने, बलेफीमा माछा खाएर फर्किने
बन्देउप्रहरी कार्यालयले प्राकृतिक स्रोत साधन दोहनभयो भनेर त्यहाँकास्थानीयहरूले गुनासो गर्दा अनुगमन गरेको जस्तो गर्ने तर बलेफीमा माछा खाने चेहेरेबाट फर्किने गर्छन् । काभ्रेको दोलालघाटदेखि सिन्धुपाल्चोकको बलेफीसम्म रिपोर्टिङ गर्दा प्रहरी हवाल्दवार हरी कार्कीले खोलामा मेसिनलगाएको देखे तर उनले नदेखेको झै गरेर चेहेरेबाट बन्देउ कार्यालयमाफर्किए । ‘तपाईले किननदीमाभारी मेशिनलगाउँदापनि मेशिन नियन्त्रण गर्नुभएन?भनीप्रश्नगर्दा लगाईएको छ र उल्टो हामीलाई नै प्रतिप्रश्न गरे । चुपचापनबोलीफर्किएको भिडियो र फोटो देखाएपछि आफ्नो गल्ती स्वीकार्दै उनले भने,एक चोटीलाई भयो तपाईहरूसँगै जाऔँ म चाबीखोस्छु साईसाब पनिबिदामा हुनुहुन्छ ।’ मैले भनेको नै मान्दैन । म सानो मान्छे त्यो फोटो र भिडियो डिलिट गर्नूस् न सर हवाल्दार कार्कीले भने । स्थानीयहरूकाअनुसार मापदण्ड बिपरित सिम्लेमा सञ्चालनमा रहेको क्रसर उद्योगलाई कुनै कार्बाही नै गर्दैनन् । माथिदेखि नै सेटिङ गरी प्राकृतिक स्रोतसाधनक्रसरले दोहनगरिरहेको स्थानीयको अनुमान छ ।


क्रसर उद्योगले गर्दा समस्यामा स्थानीय
क्रसर उद्योगहरूले जथाभावीअवैध रूपमाखोला दोहन गरी निकालिएको ग्राबेल थुपारिएपछि त्यहाँकाअधिकांशस्थानीयहरूले आफ्नो बस्तुभाउ चराउन समेत नपाएको गुनासो गरेका छन् ।धाकधम्कीदिएर व्यावसायीले जथाभाबीअवैध रूपमानिकालिएको ग्राबेल,ढुंगा तथाबालुवासार्वजनिकचौरमा राख्नथालेपछि स्थानीयलाई समस्याभएकाहुन् ।

क्रसर उद्योगले गर्दा माझीजातिको स्थानीय पेशा संकटमा
गैरकानुनी ढंगले सञ्चालनमा रहेको क्रसर उद्योगले अतिसिमान्तकृत माझीजातिको पुख्र्यौली पेशा माछा मार्ने, डुंगा चलाउने र बालुवाचाल्ने पेशा संकटमा पारेको छ ।भारी मेशिन लगाएपछि नदीधमिलो हुने, नदीमागहिरो खाल्डो भएपछि माछा मर्ने र भाग्ने गरेकोले पहिलाको तुलनामा माछा नपाउने भएको स्थानीय राकेश माझीले बताए । मेशिनले नदीको धार यताउतापारेपछि डुंगा खियाउने पेशालाई पनि बढी जोखिमबनाएको स्थानीयको भनाई छ ।माछा मार्ने पेशा संकटमा भएपछि माझीहरूले बालुवाचाल्ने पेशालाई अंगाल्दै आएपनिअहिले क्रसर उद्योगहरूले भारी मेशिन लगाएपछि उक्त पेशापनिधारासायीबन्दै गएको छ ।

( भिडियो सहित )

 


तपाईको प्रतिक्रिया