काठमाडौं । लामो समयको कसरत पछि अन्तत अनमोल केसीले झरना थापाको निर्देशन रहने चलचित्र ‘ए मेरो हजुर ३’मा अभिनय गर्ने भएका छन् । यस अघि नै ‘ए मेरो हजुर २ ’अनमोल केसीले खल्ने चर्चा चलि रहदा विभिन्न कारणले उक्त फिल्ममा अनमोलले अभिनय गरेका थिएन् ।अनमोलको समय न मिले पछि ‘ए मेरो हजुर २’ मा सलिनमान बनियाँले अभिनय गरेका थिए ।

‘ए मेरो हजुर’ को तेस्रो सिरिजको लागि शनिवार निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाले अनमोल केसीलाई साइन गरेका छन् । अब यसै चलचित्र मार्फत झरनाकी छोरी सुहानी थापाले डेब्यू गर्दैछिन् । अनमोललाई ३० लाख बढी पारिश्रमिकमा उनलाई यो फिल्ममा अनुवन्धित गरेको खबर प्राप्त छ । लभस्टोरी जनरामा निर्माण हुने यस फिल्म भने अनमोलको चलचित्र ‘क्याप्टेन’ रिलिजको ६ महिनापछि मात्र ‘ए मेरो हजुर ३’ प्रदर्शन गर्ने सर्तमा अनमोलले यो फिल्म साइन गरेका हुन् ।

भदौदेखि छायाँकनमा जाने सिनेमालाई आगामी नयाँ बर्षमा रिलिज गरिनेछ । सिनेमाका अन्य कलाकार र टिम फाइनल नभएपनि ‘ए मेरो हजुर २’बाट प्राय: जोडिने सम्भावना छ ।


तपाईको प्रतिक्रिया