बेथानचोक । गाउँपालिकाका विभिन्न क्षेत्रमा संचालित होमस्टेहरुको लागि १ दिने अभिमुखिकरण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

राजधानी तथा सदरमुकाम सँग नजिकै रहेको बेथानचोकमा पछिल्लो समय होमस्टे तर्फ आकर्षण बढ्दो रहेको कार्यक्रमका सहभागीले बताएका थिए । अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष सरीता लामिछाने तामाङले उपयुक्त पर्यावरण, उच्च भौगोलिक स्थान तथा स्थानीय कला संस्कृतिले होमस्टेको भविष्य उज्जल रहेको बताइन् ।

कार्यक्रमको सभापतित्व सामुदायिक होमस्टे ढुर्खकका संयोजक केदार बहादुर क्षेत्रले गरेका थिए भने अभिमुखिकरण कार्यक्रमको प्रशिक्षण रामेश्वर घिमिरे तथा सहजिकरण कमल नेपालले गरेका थिए । कार्यक्रमको संचालन लक्ष्मण वाइवाले गरेका थिए । कार्यक्रममा स्थानीयहोम स्टे संचालक लगायत कुल ४० जनाको सहभागिता रहेको थियो । बेथानचोक गाउँपालिकामा हाल सामुदायिक तथा निजी गरी जम्मा १६ ओटा होम स्टे संचालनमा रहेका छन् ।


तपाईको प्रतिक्रिया