बेथानचोक । पनौतीबाट १३ किलो मिटर यात्रापछि साविक ढुंखर्क चारदोबाटो पुगिन्छ । यात्राको क्रममा गाडीबाट नियाल्द जो कोहीको नजर टहरामा नपूग्ने कुरै भएन् । जहाँ बेथानचोक गाउँपालिकाका अध्यक्ष ६५ वर्षिय प्रेमबहादुर तिमिल्सनालाई नर्सरीमा काम गरि रहेको भेटिन्छ । उनी बेथानचोक गाउँपालिका अध्यक्ष हुन् । तिमल्सिना नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा बिजयी भएका हुन् । बिहान २ घण्टा र बेलुका २ घण्टा समय मिलाएर नर्सरीमाकाम गर्छन अनि जनताको सेवामा लाग्छन् । म आफ्नो लागि आफै मेहनत गरेर कमाउँछु, कमाएको पैसाले खर्च चलाउँछु । ‘काम नगरेर के गर्नु झनजनताले जिताएर पठाए जिम्मोवरी पुरा गर्न गाह्रो छ उनले भने,‘काम नगरे कसरी जीवन निर्वाह गर्नु,काम गर्नलाई के को लाज म किसानको छोरा हुँकाम गरेर खानुपर्छ ।’ सामान्य किसान परिवारमा हुर्केका तिमल्सिना जोखिम मोलेर काम अगाडि बढाएपछिको सफलताको मज्जा नै भिन्न हुने बताउँछन् । ‘त्यस कारण जोखिम मोलेर बुद्धिमता पूर्वक काम गर्नु आवश्यक छ,’ ।


व्यवसायमा मनी होइन, मन चाहिन्छ
प्रतिस्पर्धामा उत्रिएको घोडाजस्तै गरी निरन्तर दौडिएर सफल बनेका व्यवसायी हुन, प्रेमबहादुर तिमल्सिना । २०–२२ वर्षको युवाको भन्दा कम छैन उनको जोस र जागार । उनले विगत ८ वर्ष अघिदेखि गाउँमै नर्सरी खेती गरी रहेका छन् । गाउँमै नर्सरी राखेर उनले पाते सल्लोको विरुवा हुर्काैइरहेका छन् । “त्यस्तै हो, व्यवसाय गर्ने मानिसको जीवनपनि । सबै व्यवसायमा सफल होइँदैन, निरन्तर सङ्घर्ष गर्दै जाँदा सफलता अवश्य मिल्छ । ‘यो सफलता मैले त्यति सजिलै हातपारेको होइन । यहाँसम्मको यात्रागर्न मैले धेरै दुःखकष्ट झेल्नुपरेको छ,’ तिमल्सिना विगत सम्झिन्छन, ‘आफ्नो कामप्रति दत्तचित भएर लागि परेकै कारण सफलता मिलेको हो ।’ जनयुद्धमा उनी विस्थापित भएर काठमाण्डौँमा बस्दै आएका थिए । ५ वर्षको अन्तरालमा उनले अनेकौ सपना बुन्न थाले जसरी भएपनि कृषिलाई आधुनिकतर्फ लानुपर्छ भनेर । म कृषकको छोरा मात्रै नभएर किसानको नेता पनि हुन् । गाउँमै २० रोपनी जग्गामा स्याउ उत्पादन गरे । तर उनले भनेको जस्तो भएन । त्यसपछि उनी तरकारी खेती र कुखुरा पालन व्यवसायीमा लागे । ‘गर्न सक्यो भने फाइदा नै हुन्छ तरकारी खेती र कुखुरा पालन व्यवसायीबाट पनिउनले भने,‘मैले २०६६ सालबाट गाउँमै नर्सरी राखेर बोट विरुवाहरु हुर्काउँदै आइरहेका छु त्यहाँबाट कमाएको पैसाले जिवन धानीरहेको छु ।’  उनले तरकारी खेती र कुखुरा पालन व्यवसाय २०६६ सालबाट सुरु गरेका हुन् । उनलाई लागेको थियो, अरुको भर पर्नु हुदैन आफैले केही गर्नुपर्छ । ‘भाग्यले साथ नदिएको भनौं अथवा आफूले चलाउन नजानेको–आफैले सुरु गरेको पहिलो व्यवसायले मलाई लामो समय साथ दिएन । त्यति राम्रोसँग चलेन,’उनले भने, ‘पहिलो व्यवसायबाट विश्रामलिएँ ।’ हरेक मान्छेको जीवनमा सुखदुः खदुवै आउँछन् । कसैलाई सुख अघि र दुख पछि आउँछ । तर, प्रेमबहादुरको जीवनमा दुःखपहिले आयो, त्यसपछि सुख । दोस्रो व्यवसाय सुरु भयो, त्यसले सफलता हातपार्दै गएसँगै तिमल्सिनाका दुख सकिए । दोस्रो व्यवसायबाट तिमल्सिनाको प्रगतिकोे पाईला उकालो चढ्न सुरु गयो । त्यससँगै तिमल्सिनाका एउटाबाट दुई जिम्मेवारी थपिए । उनी निर्वाचित जनप्रतिनिधी पनि हु्न् । अहिले उनी गाउँपालिकाको अध्यक्ष भएर जनताको सेवामा सर्मपित छन । त्यसो हुँदा दुवै जिम्मेवारीलाई सोचे अनुरुप नै अघि बढेको छ ।

 

५१ हजार नसरी विरुवाहुर्काउर्दै अध्यक्ष
उनले गाउँमै सञ्चालन गरेको नर्सरीमा ५१ हजार पाते सल्लाको विरुवा हुर्काउदै आइरहेका छन् । बिहान २ घण्टा र बेलुका२ घण्टा नर्सरीमा पुग्छन तिमिल्सना । दिनभर गाउँपालिकाको कार्यालयमा जनताको सेवामा बसेका उनले बिहान बेलुका फुर्सद मिलाएर नर्सरीमा बिरुवा हुर्काउँदा देख्ने जो कोहीले अचम्मा मानेका छन् । भूकम्पको बेलामा हजारौ नर्सरीको विरुवा मर्यो । उनी अहिले पनि त्यो विरुवा सम्झनछन् । तर हरेस खाएनन् । त्यत्तिखेर श्रम र पसिना बगाएर नर्सरीमा विरुवा उत्पादन ग¥यो तर एउटा पनि बेच्न पाएन उनले भने, फेरी पनि म ५१ हजार विरुवा उत्पादन गरिदै छु माग बढदो छ ।’

प्रतिक्षाको फल मिठो
गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिाबाट सिक्नुपर्ने पहिलो कुरो हो, कामगर्ने बित्तिकै प्रतिफल खोज्नु हुदैन । आफैंकामगर्दा तुरुन्तप्रतिफलखोज्ने होइन, बरू केही पर्खनैपर्ने उनी बताउँछन् । ‘यो वर्ष काम थालेर अर्को वर्ष त्यसको प्रतिफल खोजिहाल्ने प्रवृत्ति राम्रो होइन । प्रतिफलका लागि केहीवर्ष पर्खनैपर्छ,’ उनले भने, ‘प्रतीक्षाको फल मीठो हुन्छ ।

पाते सल्ला क्यान्सरको औषधी
उनले गाउँमै उत्पादन गरेकापाते सल्लाविभिन्न रोगकालागिप्रयोगमाआउने गरेको छ । उनकाअनुसार यो पाते सल्लामहिलाहरुको स्तान र पाठेघर क्यान्सरको लागिअषैधीबनाउनप्रयोग हुदैँ आइरहेको छ । यसको बिरुवा १८ महिनामा तयार हुन्छ बिरुवा बेचर मलाई बार्षिक ९ जति कमाए हुन्छ त्यसैले खर्च धानेको छु उनले भने,‘अझै यसलाई अधुनिककरण गर्ने योजना बनाएको छु ।’

पहिला सोतार,अहिले पैसा
गाउँ घरमा पहिला गाई भैसीलाई सोतारको रुपमा प्रयोग गरिने पाते सल्ला अहिले बेचेर पैसा कमाउन थालेका छन् । नचिनेर पहिला काटेर गाई भैसीलाई सोतरका रुपमा प्रयोग गरिन्थ्यो, गाउँपालिका प्रमूख प्रेम बहादुर तिमल्सिनाले भने अहिले चिनियो, बेच्नथालेपछि आम्दानीकाश्रोतको रुपमा प्रयोग हुन थालेको छ । अध्यक्ष तिमल्सिनाका अनुसार अहिले सोही गाउँमा चार जनाले नर्सरी व्यवसाय सञ्चालन गरिरहेका छन् ।


तपाईको प्रतिक्रिया