(राजकुमार गोले) काभ्रे । जिल्लाका बनेपा नगरपालिका–८, विद्युतप्राधिकरण चोकका ३८ वर्षिय भोला प्रजापति अंशका लागि जिल्ला अदालत र नागारिकता नपाएको भन्दै प्रहरी कार्यालयमा धाउन थालेका छन् । चन्द्रमान प्रजापति यसोदा प्रजापतिका एक मात्र छोरा भोलाले अंश नपाएपछि अदालत र नागारिकता पाउँनका लागि इलाका प्रहरी कार्यालय बनेपामा धाउन थालेका हुन् । ३८ वर्षिय प्रजापतिले नागारिकता र अंश नपाएको गुनासो गरे । मलाई ३८ वर्ष बितीसक्दा पनि न नागारिकता बनाई दिन्छन न त अंश नै दिन्छन उनले रुदै भने,‘जन्म दर्ता समेत गरेको छैन अंश माग्ने भए म नागारिकता नै बनाइ दिन्न सके जानेको गर भन्छन त्यही भएर न्यायको लागि कहिले प्रहरी कार्यालय तिर त कहिले जिल्ला अदालत धाउन थालेको हुँ मलाई अंश हक र नेपालको नागारिक हुने अधिकारबाट बञ्चित गराउन खोजिएको छ ।’


यस कारणले अंश हक खोज्न अदालत, नागारिकता लिन प्रहरी प्रशासनमा धाउन थाले
उमेरले ३८ वर्ष बितिसक्यो तर अहिलेसम्म नागारिकता र अंश समेत दिएका छैनन् । आमा बुबाको नागारिकता काका तुलसीमान र काकी सबीत्री प्रजापतिले मेरो बुबा आमाको नागारिकता समेत कब्जामा राख्ने आमासँग भेटघाटन गर्न नदिने दाबी गरे । बुबा सोझो हुनुहुन्छ लेखपढ पनि छैन त्यही कारणले मैले न त नागारिकता नै पाएको छु न त अंश नै पाउन सकेको छु उनले भने,‘म न्याय खोज्दै नागारिकता बनाउनका लागि प्रहरी कार्यालय र अंश हकका लागि जिल्ला अदालत काभ्रेमा मुद्धा दर्ता गरी तारिख धाउन थालेको छु ।’ उनले सम्पती खानाका लागि काका काकीले बुबा आमालाई दबाबमा राखी आफुलाई नागारिकता र अंश पाउनबाट बञ्चित गराएको आरोप लगाए ।
छोराको नगारिकता बनाई दिउँ भन्दा देबर तुलसीमान प्रजापति र देउरानी साबित्री प्रजापतिले वर्षाै वर्ष सम्म मेरा छोराको नागारिकता समेत नबनाउन दबाब दिएको आमा यसोदा प्रजापतिको आरोप छ । उनले भनिन, ‘छोराको नागारिकता नबाउन र अंश नदिन दबाब दिदै घरमै बन्धक बनाएपछि छोरा भोलाले इलाका प्रहरी कार्यालय बनेपामा शरिर बन्धकमा जाहेरी समेत दिएका छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिलजंग शाहले दुबै पक्षबिच छलफल गराई पठाएको बताए । शाहले भने, ‘अंश पाउने नपाउने यो अदालती कुरा हो पहिला नगारिकता बनाउनु प¥यो भनेर पठाएका छौँ हुन्छ भनेका छन् ।’ अचम्मको कुरा त के छ भने यसोदा प्रजापति र भोला प्रजापति आमा छोरा भई मिति २०७४÷१२÷२५ गते दिन जिल्ला अदालत काभ्रेमा अंश चलन समेतमा फिराद गरी वादी बनेकी यसोदालाई प्रतिवादी बनेका तुलसीमान प्रजापति र निजकी श्रीमती साबित्री प्रजापतिले आफ्नै घरमा बाहिर कोही कसैसँग भेट गर्न नदिई छोरा भोला प्रजापतिसँग बस्छु भेटछु भन्दा समेत भेट गर्न र बस्न दिनुपर्छ भनि सम्पती खाने नियतले घरमै बन्धक बनाई राखेको छोरा भोलाको आरोप छ ।


यसो भन्छन स्थानीय बासिन्दा
फिराद दर्ता गरी बिपक्षी बनेकी यसोदालाई प्रतिवादी बनेका बिपक्षी तुलसीमान र उनका परिवारले एउटै घरमा वादीलाई राख्नुको अर्थ निजको सम्पतीमा हस्तक्षेप गर्ने उद्देश्यनिहित रहेको छ । यसोदा प्रजापतिलाई डरत्रासमा राखी बिभिन्न कुराहरु सिकाई निजलाई नै हानि हुने गरी आफै वादी भएको अंश मुद्धामा चलखेल गर्ने बदनियतका साथ आफ्नै साथमा राखी दाजु भाउजु चन्द्रमान र निजकी श्रीमती यसोदा प्रजापति छोरा भोला प्रजापतिको सम्पती दोहन गर्ने तरिकाबाट खेल खेल्ने काम देबर तुलसीमान र निजकी श्रीमती साबीत्री प्रजापतिले गरेको स्थानीयहरुको भनाई छ । स्थानीय चन्द्रलाल श्रेष्ठ भन्छन,‘छोरा भोला प्रजापतिलाई निजका पिता चन्द्रमान प्रजापतिले शिक्षा सदन माबिमा भर्ना समेत गरी २०४६÷०४७ मा भोला प्रजापतिले कक्षा तिन उर्तिणा समेत गरेका थिए भने सानैमा काका तुलसीमानका जेठा छोरा सन्तोष प्रजापति र भोला प्रजापतिको धुमधामका साथ ब्रतबन्धन गरी टोलबासीलाई कार्ड छपाई निम्तो समेत दिएर भोजभतेर समेत खुवाएका थिए ।’ मुद्धा दायर गरेकी यसोदा प्रजापतिलाई प्रतिवादी बनेका तुलसीमानका परिवारले एउटै घरमा राखी मुद्धाको पुरपक्ष गर्दा वादीलाई अहित हुने गतिविधिहरु प्रतिवादीहरु तुलसीमान र निजकी श्रीमती साबित्री प्रजापतिबाट हुन सक्ने कुरा समेत स्थानीयहरु बताउँछन् , स्थानीय सबर प्रजापतिले भोलाले नागरिकता नपाउनु र अंश नपाउनु दुःखको कुरा हो उसले पाउनु पर्छ बुबा आमाकै कारणले गर्दा समस्या भएको बताए । उनले भने,‘नागरिकता नभएका कारणले भोला विदेश जान पाएको छैन उनको श्रीमतीके विवाह गर्दा र छोरा सुजल प्रजापतिको जन्म दर्ता समेत गर्न पाएको छैन ।’


बादी यसोदा प्रजापतिलाई प्रतिवादी साबित्री प्रजापतिले सँगै किन राखिन ?
अदालतमा मेरी आमा यसोदा प्रजापति समेतको वारीस भई अंश मुद्धा दायर गरेकोमा मुद्धा हाले पश्चात आमालाई निजको मोबाइल नम्बर ९८४९१४७८१३ मा फोन गरी मुद्धाको सम्बन्धमा छलफल गर्न खोज्दा आमा यसोदालाई बोल्न नै नदिई फोन काटेको , मुद्धा फिर्ता गर नगरे जे पनि हुन सक्छ भन्दै मलाई धम्की दिए छोरा मुद्धा नगरौँ नागरिकताको प्रमाण पत्र हामी आमा बुबाले चाहेपनि काका तलुसीमान र काकी साबित्रीले बनाउनु हुदैन भनि मलाई दबाब दिइरेका छन तिमीले साह्रैनै दुःख पाउने भयौँ नागरिकताको कारणले नाती सुजलको जन्म दर्ता र बुहारी अञ्जनाको विवाह दर्ता समेत गराउन समस्या प¥यो मलाई तिमीसँगै बस्न मन थियो हामी बुढाबुढीलाई बिहान देखि बेलुकासम्म कमारा कमारी बनाई खेतबारीमा काम गर्न पठाउँछन हामीले राम्रँेसँग लाउन खाना समेत पाएका छैनौँ । मलाई यो घरमा बस्न मन छैन जे पनि गर्न सक्छन । तिमीले सकेको कानुनी उपचार गर्न तिर लाग र मलाई तिमीसँगै बस्ने वातावरण मिलाउन स्थानीय र प्रहरी प्रशासनबाट पहल गरी मेरो उद्धार गर मलाई अनावश्यक मानिसक तनाब दिएर मर्नु न बाच्नु बनाएका छन भनी मेरी आमा यसोदाले भेट गर्दा र फोनमा भन्नु भएको थियो भोला भन्छन,‘ तर अहिलेसम्म न नागारिकता पाउन सकेँ न अंश नै पाउन सकँे ।’


छोराको जन्म दर्ता नभएपछि विद्यालय भर्ना गर्न समस्या
मेरो छोरा ७ कक्षाबाट ८ मा पुगेको छ । ८ कक्षामा भर्ना गर्न विद्यालय प्रशासनले मागेपछि भर्ना गर्न समस्या भएको भोलाले गुनासो गरे । उनले भने, मेरो नागारिकता नभएपछि छोराको पनि जन्म दर्ता गर्न सकेन नागारिकताको फोटो कपी चाहिने रहेछ म त साह्र अन्यायमा परेको छ ।’ भोला प्रजापतिको अञ्जनासँग २०५९ सालमा भागि विवाह भएको थियो । २०६० साल फागुन २७ छोरा सुजनको जन्म भएको थियो । छोरा भोलाले काभ्रेपलाञ्चोक जिल्ला अदालतमा २०७४÷१२÷२५ मा बुबा चन्द्रमान प्रजापति र काका तुलसी प्रजापति विरुद्ध अंश मुद्धा दायर गरेका छन् । अंश खाने नियतले दाजुको छोरा भोला प्रजापतिको नगारिकता नबनाउन दाई चन्द्रमान र भाउजु यसोदा प्रजापतिलाई घरमै बन्दी बनाई राखेको जिल्ला अदालतमा दिएको उजुरी पत्रमा उल्लेख छ ।


तपाईको प्रतिक्रिया