(केशव राज पौडेल) बनेपा, काभ्रेपलाञ्चोक ।  कृषक सस्तोमा बेच्ने उपभोक्तामा महङ्गोमा किन्ने नाफा बिचौलियाको हातमा । काभ्रेका किसानहरुले २० बर्षदेखि व्यावसायिक रुपमा तरकारी खेती गरेपनि जिविका धान्ने बाहेक थप उपलब्धी हुन सकेको छैन । कृषकवाट उत्पादन भएका तरकारी सिधै कृषककै हातवाट बजारमा जान नसक्दा कृषकले तरकारीको राम्रो मूल्य पाउन सकेका छैनन् भने उपभोक्ताले महङ्गोमा तरकारी उपभोग गर्न बाँध्य बनेका छन् । काभ्रेमा उत्पादन भएका तरकारी राजधानी तथा काभ्रेका बजारमा उपभोक्ताले सहजै उपभोग गर्न पाउँदैनन् । कृषकले उत्पादन गरेको तरकारी उपभोक्ता सम्म पुग्दा सात चरण पार भैसकेको हुन्छ । सात चरणमा सात जना बिचौलियाले पसल राखे वापत, तरकारी संकलन गरे वापत किसानले गरेको लगानीको भन्दा दोब्बर नाफाखाने गरेका छन् ।
काभ्रेको नाला, पाँचखाल, मण्डन देउपुर,रोशी, रविओपी, पनौती, खोपासी तरकारीका लागि उर्वर मानिदै आएका छन् । आफूले फलाएको तरकारी कहाँ बेच्ने निर्धारण गर्न स्वयम् किसानले समेत पाँउदैनन् । स्थानीय तरकारी संकलकले किसानहरुलाई मल खाद्य र बिउमा लगानी गरिदिए वापत किसानले उसैले भनेको मूल्यमा उसैले तोकेको ठाँउमा लगेर तरकारी बेच्ने बाँध्यता रहेको हुन्छ । पहिलो चरणमा किसानले उत्पादन गरेको तरकारी स्थानीय संकलकको हातमा पुग्छ । काभ्रे जिल्लाका तरकारी उत्पादनहुने प्रत्येक ठाँउमा त्यस्ता संकलनहरुले किसानहरुलाई मल र बिउमा लगानी गरे वापत उनीहरुको मै तरकारी बेच्ने बाँध्यता रहेको छ । जसको कारण बिउमा काभ्रेका अधिकाशं किसान परनिर्भर रहेका छन् ।

किसानवाट संकलन गरेको तरकारी ठेकेदारहरुले संकलन गर्ने गरेका छन् । किसानवाट संकलन गरेको तरकारी निश्चित रकमनाफा खाएपछि तरकारी संकलकले ठेकेदारलाई बेच्दछन् । ठेकेदारले दैनिक रुपमा तरकारी संकलकलाई तरकारीको पैसा दिने गरेको हुन्छ । तर किसानले भने पाक्षिक रुपमा मात्रै पैसा पाउने गर्दछन् । जर्तीका नाममा २० किलो तरकारी जोख्दा तरकारी संकलकले ४ किलो सम्म तरकारी घटाईदिने गर्दछन् ।  ठेकेदारले सिधै उपभोक्ताकोमा तरकारी पठाउँदैनन् । तरकारी बजारमै लगेर निश्चित ठूला व्यापारीहरुकोमा लगेर निश्चित नाफा खाएर तरकारी दिने गरेका छन् । ठूला व्यापारीले पनि सिधै खुद्रा पसलमा लगेर तरकारी दिने गरेका छैनन् थोक होलसेल तरकारी व्यापारीलाई तरकारी दने गरेका छन् । होलसेल व्यापारीले समेत निश्चित रकम दिएपछि मात्रै खुद्रापसलेलाई तरकारी उपलब्ध गराएपछि उपभोक्ताले तरकारी पाउने गरेका छन् । यसले किसानले पाउने मूल्यमा भन्दा उपभोक्ताले ३ सय प्रतिशत धेरै मूल्य तिरिरहेका छन् । किसानले एक किलो लोकल काक्रोको मुस्किले २० रुपैया पाउने गरेको छ । तर उपभोक्ताले काभ्रेको बजारमा ८० रुपैया सम्म तिर्ने गरेका छन् । उपभोक्ताले तिर्ने र किसानले पाउने मूल्यमा देखिएको ६० रुपैया किसान बाहेक तरकारी संकलक, ठेकेदार, तरकारी बजार, थोक बिक्रेता र खुद्रापसलेले नाफाखाने गरेका छन् । काभ्रेको नालामा एक किलो मुलाको १० रुपैयामा किसानले बेच्ने गरेका छन् । स्थानीय कृषक रमेश दाहालले भने, त्यो मूला काठमाण्डौमा पुग्दा ६० रुपैया पर्ने रहेछ । एक किलो काउलीको मूल्यकिसानले १५ रुपैया पाउनेमा उपभोक्ताले १ सय २० रुपैया तिर्ने बाँध्यता रहेको छ । हरेक तरकारीमा उपभोक्ताले कृषकले पाएको भन्दा मंहङ्गोमा बेच्न बाँध्य रहँदै आएका छन् ।

बिचौलिया बिरुद्ध कडा बन्दै प्रहरी
काभ्रेवाट सार्वजनिक यातायातको सिण्डिकेट तोडिएसँगै तरकारीमा रहेको सिण्डिकेट तोड्ने योजनामा काभ्रे प्रहरी लागेको छ ।
दशकौं देखिको यातायातमा रहेको सिन्डिकेटको संयन्त्रलाई तोडेको काभ्रे प्रहरीको ध्यान अब तरकारीलगायत कृषि उपजमा बिचौलियाको सिन्डिकेट तोड्ने अभियानमा केन्द्रितहुने भएको छ ।‘गृह मन्त्रालय, प्रहरी प्रधानकार्यालय र प्रमुख जिल्ला अधिकारी ज्यूबाट समेत सबै खालका सिन्डिकेट हटाउने निर्देशन आएको छ । अब पहिलो चरणमा तरकारीको सिन्डिकेट हटाउँछौं । यस कार्यमा सक्रिय रहन मातहतका चौकीलाई समेत निर्देशन दिइसकेको छु,’ काभ्रे प्रहरी प्रमुख एसपी रविराज खड्काले भने ।

काभ्रेका किसानले बिचौलियाकै कारण तरकारीको लागत मूल्यसमेत पाउननसकेको गुनासो गर्दै आएका छन् । काभ्रेमा यतिखेर आलु खन्ने सिजनहो । यहाँप्रतिकिलो २० देखि २२ रुपैयाँसम्ममाआलु बेच्नकिसानबाध्य छन् । त्यही आलु काठमाडौंका उपभोक्ता कहाँपुग्दा ६० रुपैयाँसम्मपुग्ने गरेको छ । अधिकांश तरकारीमा यस्तै छ । कृषि र पशु उत्पादनमा काभ्रे अग्रणी जिल्ला रहँदै आएको छ । यहाँका किसानहरुलाई बिचौलियाको मारबाट जोगाउन खड्काले अभियानकै रुपमा तरकारीका बिचौलिया हटाउने उद्घोष गरेका हुन् । बिचौलियाबाट ठगिएको महसुस हुनासाथप्रहरी कन्ट्रोलको १०० नम्बर या एसपीकै मोबाइल नम्बर ९८५१२३५५५५ मा खबर गर्न पनि किसानलाई उनले आग्रह गरेका छन् । ‘सहरी क्षेत्रमाखबर आएको १० मिनेटभित्रैमा क्विक रेस्पोन्स टिम पुग्नेछ र कारबाहीको प्रक्रिया अघि बढाउनेछौं । दुर्गम गाउँमाअलि ढिलो हुन सक्ला, तर त्यहाँपनि कारबाही अघि बढ्नेछ,’ खड्काले पत्रकार भेटघाटमा भने, ‘अब काभ्रे जिल्लामाकुनै किसिमको सिन्डिकेट हुनदिने छैनौं । यसमाकिसान, गाउँ-नगरपालिकाका पदाधिकारी, नागरिक समाज र पत्रकारको सहयोग र सहकार्यको उत्तिकै खाँचो छ,’ खड्काले थपे ।

पशु बिमालोकप्रियकृषिबिमाथाहै छैन
अन्नबाली र तरकारीको बीमा हुन्छ भन्ने जानकारी नहुँदा समस्यामा परिएको रयालेका किसानहरुले गुनासो गरेका छन् ।
‘गाइभैसीको मात्रै बीमा हुन्छ भन्ने थाहाथियो, तर हामीले बारीमालगाउने तरकारी फुलफूल र अन्नको पनिबीमा हुन्छ भन्ने थाहाथिएन्, समस्या परेपछि धेरैका धेरै कुरा आए, तर अब के गर्नु भएको सबै सखाप भै गयो ।’ रयालेकीकिसानगोमा सापकोटाले भनिन्, ‘हामीले यति धेरै लगानी गरेका छौ, बीमा हुन्छ भन्ने थाहापाएको भएत् बीमासम्म गरिन्थ्यो नि ।’ बिहीबारको असिनापानीले नगदेवाली, काक्रोको बेर्ना, खुर्सानी, सिमी, आलु, टमटर र सुन्तलाको चिचिला सबैको नाश गरेको हो ।‘मकैको बालीमा समेत पानीको भेल र असिनाले सखापपारेको छ ।’ रयाले रानीकोटका वीरमान लामाले भने, ‘अब गर्नुकी मर्न भएको छ, कस्तो संकट आइलाग्यो ।’

काभ्रेका किसानहरुले तरकारी बिक्रीबाट मात्रै वार्षिक ४ अर्व भन्दा बढी आम्दानी गर्दछन् । काभ्रे जिल्लामा ९ हजार ६०२ हेक्टर क्षेत्रफलजमिनमावार्षिक १ लाख ६२ हजार ७ सय ५२ मेक्ट्रिकटन तरकारी उत्पादन हुन्छ । जसमध्ये दैनिक १ करोड १० लाख बराबरको तरकारी बिक्रीका लागि बजार जान्छ । किसानले प्रतिहेक्टरमा झन्डै १७ प्रतिशत तरकारी फलाउँछन् । काभ्रेको तरकारी ८ प्रतिशतमा  जिल्लामा खपत हुन्छ । बाँकी ९२ प्रतिशत तरकारी राजधानीदेखि भारत सम्म निर्यात हुने गरेको छ ।


तपाईको प्रतिक्रिया