(सुरज श्रेष्ठ) बनेपा । संचारकर्मी र नागरिक समाजका अगुवाहरूले विकासका लागि नागरिक समाज र संचार जगतबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा जेठ ८ गते बनेपामा आयोजित कार्यक्रममा सहकार्यका विषवस्तु, समस्या, अवसर र चुनौतीका विषयमा सहभागिहरूले आफ्ना भनाई राखेका थिए । विनासकारी भूकम्पबाट क्षतविक्षत् समाजमा प्राविधिक, इन्जिनियर, बैंकहरु र पहुँचवालाहरुले सर्वसाधारणलाई दुःख दिएको अवस्थामा नागरिक समाजको ध्यान नगएको बताइयो । नागरिक समाज र संचारकर्मी दुबै भावनामा बग्दा जनताका हकअधिकार स्थापित हुन नसकेको सन्दर्भमा दुबै पक्ष जिम्मेवार भएर प्रस्तुत हुन सहभागिहरुको जोड दिएका छन ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का सचिव सुरेश हुमागाई, काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, नेपाल बार एशोसियसनका अध्यक्ष कृष्णप्रसाद सापकोटा, गैसस महासंघ काभ्रेका सदस्य द्वय गंगा दोङ र कमल बन्जारा, इन्सेक मध्यमाञ्चल कार्यालयका गणेश भण्डारी र इन्सेक प्रतिनिधि भोजराज तिमल्सिना लगायतका बक्ताहरुले सहकार्यका विषयमा आफ्ना धारणा राखेका थिए । पुर्ननिमार्णमा सरकारले दिने, सेवा सुविधा र सहुलियत, मानवअधिकारका विषयबस्तुहरू, पारदर्शिता र जवाफदेहिता, विकासका सवाल, अधिकारको अवस्था, स्थानीय तहका काम र लक्षित वर्ग बजेटको विनियोजन, क्षमता विकास र सूचनाको आदान प्रदानका सवाल सहकार्यका विषयबस्तु बनाउन सहभागिहरूले जोड दिएका थिए ।


तपाईको प्रतिक्रिया