बेथानचोक । पूर्ण खोप सुनिस्चतता तथा दिगोपनाको लागि पूर्ण खोप समन्वय समिति गठन गरिएको छ । शुक्रवार ढुर्खक स्वास्थ्य चौकीमा भएको कार्यक्रममा उक्त समिति गठन गरिएको हो । पूर्ण खोप प्रमाणीकरण तथा दिगोपनाका लागि भन्दै उक्त समिति गठन गरिएको हो ।

वडा नं ३ का वडा अध्यक्ष दिलबहादुर श्रेष्ठको अध्यक्षतामा गठित १९ सदस्यीय समितिमा वडा सदस्यहरु बुद्धि कृष्ण सापकोटा, वीना सिंतान, पूर्ण कुमारी नेपाली,नवराज के.सी,भगवती तिमल्सिना, रेणुका परियार , सुदर्सन तिमल्सिना महिला स्वयंसेविकाहरु विमला सापकोटा, भक्ति तिमल्सिना, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु मोहन कृष्ण तिमल्सिना,गणेश प्रसाद तिमल्सिना, विद्यालयका प्र. अ तथा शिक्षकहरु भरत बहादुर के.सी चुडामणि तिमल्सिना, हुद्धराज तिमल्सिना, युवा क्लब अध्यक्ष विनोद तिमल्सिना, बालक्लब प्रतिनिधि समिक्षा तिमल्सिना तथा आमा समूहका अध्यक्षहरु दुर्गा कुमारी तिमल्सिना मन्जु तिमल्सिना रहका छन् । उक्त समितिले बेथानचोक गाउँपालिकाको २ र ३ नं वडाका लागि कार्य गर्ने स्वस्थ्य चौकी प्रमुख अञ्जला तिमिल्सनाले जानकारी दिइन । उक्त कार्यक्रममा स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष भगवान घिमिरे, उपाध्यक्ष राम प्रसाद अधिकारी, वडा सचिव योगप्रसाद उपाध्याय लगायतको उपस्थिति थियो ।


तपाईको प्रतिक्रिया