बनेपा । श्री खण्डपुर स्थित सेन्टलम एल्वम एकेडेमीले आफ्नो वार्षिक कार्यक्रम अनुसारको विद्यालय प्रतिनिधिहरुको निर्वाचन सम्पन्न गरेको छ ।

प्रत्येक वर्ष झै विद्यार्र्थीहरुलाई निर्वाचन प्रकृया तथा प्रतिनिधि चयनका विषयमा ज्ञान दिने उद्देश्य सहित यो विधि मार्फत विद्यालयका प्रतिनिधि छनोट गरिँदै आएको विद्यालयले जनाएको छ । कक्षा ४ देखि १० सम्मका सम्पूर्ण विद्यार्थीहरुले मतदान गरेका थिए ।
स्कूल क्याप्टेन, भाइस क्याप्टेन र गेम्स लिडर, हाउस क्याप्टेन लगायतको निर्वाचन भएको थियो । निर्वाचनमा जम्मा २५ सिट मध्ये १५ जना सर्वसम्मत भएका थिए भने १० सिटका निर्वाचन भएको थियो । अतिरिक्त क्रियाकलाप इन्चार्ज धुर्व मानन्धर प्रमुख अधिकृत रहेका थिए । पाठ्यक्रमलाई सघाउ पुग्ने गरी अपनाइएको यो विधि प्रतिनिधि छनोट सँगै सिकाइ उपलब्धिमा सहयोगी रहेको प्रिन्सिपल अग्नी प्रसाद ज्ञवालीले बताए ।


तपाईको प्रतिक्रिया