बेथानचोक । साविक च्यासिङखर्कका अग्नी पीडित लालध्वज वाईबाले काभ्रे सेवा समाज मलेसियाको तर्फबाट राहत सहयोग पाएका छन् । समाजले उपलब्ध गराएको राहत शुक्रवार एक कार्यक्रमका बिच केन्द्रीय सदस्य शुकराम लामा र सदस्य राजमान तामाङले नगद ४४ हजार ९८ रुपैंया प्रदान गरेका थिए ।

चैत्रमा घरमा भएको ग्याँस सिलिण्डरको पाइप लिक भइ आगलागी हुँदा तामाङको घर जलेर पूर्ण रुपले नष्ट भएको थियो । घर जलेपछि तामाङ परिवार छिमेकीको शरणमा रहेका छन् । आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा गाउँपालिका प्रमुख प्रेम बहादुर तिमल्सिना वडा अध्यक्ष खजेन्सी लामा लगायतको उपस्थिति रहेको थियो । समाजले यस अघि तेमाल गाउँपालिका वडा नं ९ का दुवै मृगौला फेल भएका कुमार दोङ ,समरमाथा आरोही रोसी गाउँपालिका ११ की शर्मिला स्याङतान,मलेसियामा मृत्यु भएका चौरी देउराली गाउँपालिका माझीफेदाका अम्गेस तामाङको परिवार, लगायतलाई नगद सहयोग उपलब्ध गराएको जानकारी दिए ।


तपाईको प्रतिक्रिया