२०७५ बैशाख २९ शनिवार, बेथानचोक । कोरियन सहयोगमा संचालित एडिआरएफ नेपालले बेथानचोक गाउँपालिका ६ महाँकाल चौरमा रहेको धनलक्ष्मी प्रा.वि र  तावरी बुद्ध आर्दश प्रा.विका लागि स्टेसनरी सामग्री उपलब्ध गराएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य बानी विकासका लागि आवश्यक सरसफाइका सामग्री वितरण गरेको थियो । विद्यार्थीहरुलाई वितरण कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष सारिता लामिछाने तामाङले गरेकी थिइन । कार्यक्रममा बेथानचोक गाउँपालिका स्वास्थ्य शाखा अधिकृत प्रमोद तिमल्सिना लगायतको उपस्थिति थियो । वितरित सामग्री धनकालक्ष्मीका प्र. अ. ज्ञान बहादुर तामाङ तावरीका करिष्मा तामाङले बुझेका थिए ।


तपाईको प्रतिक्रिया