(अमृत ओझा) २७ बैशाख २०७५, मलेसिय । ९ मे मा भएको निर्वाचनको नतिजाले महाथिर मोहम्मद बिजयी भएका छन । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद नेतृत्वको विपक्षी गठबन्धनले आम निर्वाचनमा ऐतिहासिक जीत हासिल गरेको छ ।

करिब ६० वर्षसम्म सत्तामा रहेको पार्टी बारिसन नेशनल (बीएन)लाइ निर्वाचनमा हराउँदै महाथिर पुनः प्रधानमन्त्री बन्नेछन् । निर्वाचन आयोगका अनुसार महाथिरको पार्टीले ११५ सिट जितेको हो । महाथिर मोहम्मदले चाहिने भन्दा पनि बढी सिट जित हासिल गरेका छन । सरकार बनाउनका लागि ११२ सिट भए पुग्नेमा महाथिरले ११५ सिट जितेका हुन । निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै महाथिरको पार्टीका समर्थकहरु विभिन्न ठाउँममा कार्यक्रम गरि विजय उत्सव मनाइरहेका छन् । बीएन र यसको प्रमुख पार्टी संयुक्त मलेशिया राष्ट्रिय संगठन (यूएमएनओ) १९५७ मा ब्रिटेनबाट स्वतन्त्र भएदेखि नै सत्तामा थियो । तर, केही वर्षदेखि उसको लोकप्रियतामा कमी आएको थियो । त्यसैको परिणाम हुनसक्छ यस चुनावमा प्रधानमन्त्री नजिब रजाकको पार्टीले केबल ७९ सिट जितेको छ । बिजयी भए पश्चात् शपथग्रहणमा सार्वजनिक विदा हुने भएको छ ।

शपथग्रहण समारोह आउँदो बिहीबार हुने छ । शपथ ग्रहण गरेपछि ९२ वर्षीय महाथिर विश्वकै सबैभन्दा वृद्ध निर्वाचित नेता बन्नेछन् । शपथ ग्रहण समारोहको दिन मलेसियामा सार्वजनिक विदा दिइएको छ । जीतपछि पत्रकार सम्मेलन गर्दै महाथिरले भनेका छन्, ‘हामीलाई कुनै प्रकारको बदलाव चाहिएको छैन । हामी त कानुनको शासन लागू गर्न चाहान्छौं ।’ बिगतमा महाथिर नजिब रजाक नेतृत्वकै पार्टीको सदस्य थिए । नजिबको राजनीतिक गुरु पनि थिए । तर, उनले पछि भ्रष्टाचारलाई साथ दिने पार्टीमा नरहने भन्दै उक्त पार्टि छाडेको बताएका छन ।


तपाईको प्रतिक्रिया