(अमृत ओझा) २४ बैशाख २०७५, मलेसिया । मलेसियामा कार्यरत नेपाली कामदारहरुलाइ यहि मे ९ तारिकका दिन आफ्नो होस्टेल वा कम्पनी बाहिर ननिस्कन आग्रह गरेको छ । नेपाली राजदुतावासली आफ्नो वेबसाईट बाट सुचना प्रकाशन गर्दै मे ९ तारिकका दिन नेपाली कामदारहरुलाइ बाहिर ननिस्कन अनुरोध गरेको हो ।

नेपाली मिति अनुसार २०७५ बैशाख २६ तदनुसार ९ मे २०१८ (बुधबार) को दिन मलेसियामा आम चुनाव हुन लागेकोले नेपाली राजदुतावासले सुचना प्रकाशन गर्दै सुरक्षित रहन अनुरोध गरेको हो न उक्त दिन उच्च परिचालित हुने, झडप हुन सक्ने , प्रहरीले धरपक्कड गर्न सक्ने आदि कारणहरुले सम्पुर्ण नेपाली कामदारहरुले उक्त दिन आ आफ्नो होस्टेल वा कम्पनी भित्रै बस्न र बाहिर ननिस्कन सुचना प्रकाशन गरेको हो ।

मलेसियाको कानुन अनुसार नेपाली कामदारहरुले कुनै पनि राजनीति गतिविधि गर्न नपाइने भएकोले उक्त दिन भेला हुने, अपरिचित मानिसहरुले अह्ाएकाे कुनै काम गर्ने, लाइन बस्ने , होहाल्ला गर्ने लगाएतका कुनै पनि गतिविधि नगर्न सुझाव दिएको छ ।


तपाईको प्रतिक्रिया