२०७५ बैशाख २० बिहीवार । कुनै बेला अभिनयमा रुचि नै छैन भन्दै चलचित्रबाट टाढा रहेकी कुसुम श्रेष्ठ अर्थात तरकारीवालीले अन्तत: अभिनयमा पाइला हालिन् । उनले अभिनय गरेको चलचित्र लम्फू प्रदर्शनको क्रममा रहेको छ ।

तरकारीवालीका रूपमा भाइरल भैरहेका बेला लम्फू युनिटले कुसुमलाई अभिनयको प्रस्ताव राखेको थियो । प्रस्ताव राखेको धेरै पछि मात्र उनी अभिनयका लागि तयार भएकी थिइन् । यद्यपि कुसुम अहिले अभिनय क्षेत्रका बारेमा सकारात्मक भैसकेकी छिन् । चलचित्र लम्फूले आयोजना गरेका सार्वजनिक कार्यक्रमहरूमा सहभागिता जनाएर आफ्ना धारणा व्यक्त गर्न थालेकी कुसुमले अहिले आएर राम्रो चलचित्रबाट प्रस्ताव आए अभिनयलाई निरन्तरता दिने बताउइन ।

अध्ययन र अभिनयलाई सँगै अघि बढाउने योजना बनाएकी कुसुम अभिनेता पुष्प खड्काकी प्रशंसक हुन् । पुष्पले अभिनय गरेका प्रत्येक म्युजिक भिडियो धेरै पटक हेरेकी कुसुमले पुष्पको जोडी बनेर चलचित्रमा अभिनय गर्ने प्रस्ताव आए तुरुन्तै तयार हुने बताएकी छिन् । यतिमात्र होइन कुसुमले अनमोल केसी, प्रदीप खड्का, पल शाह तथा सलिनमान बानियाँको अभिनय पनि मनपर्ने तथा उनीहरूको जोडीका रूपमा पनि काम गर्न मन लागेको बताएइन ।


तपाईको प्रतिक्रिया