२०७५ बैशाख २० बिहीवार । बजारमा अहिले धेरै नै गीतहरु आउने क्रममा ‘तिम्रो र मेरो जिवन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अनिता गिरिले म्युजिक भिडियोमा डेब्यु गरेकी छन् ।

गायक राजु देउलाको स्वर र शब्द, विक्रम थापाको संगित रहेको छ । हाइलाइटस नेपालले युटयुबमा सार्वजनिक गरेको भिडियोमा मोडल गिरिको आकर्षक अभिनय रहेको छ । पहिलो पटक म्युजिक भिडियोमा देखिएकी उनले राम्रो अफर आए अरु भिडियो पनि खेल्ने बताइन । अनितालाई सुजन श्रेष्ठले साथ दिएका छन् ।

(भिडियो हेर्नुहोस)

 


तपाईको प्रतिक्रिया