बनेपा । विश्व नृत्य दिवसको अवसरमा काभ्रेमा नृत्य दिवस विविध कार्यक्रमसहित जिल्लाका कलाकारहरुको उपस्थितिमा सम्पन्न भयो । नृत्य निर्देशक संघ नेपाल, काभ्रेको आयोजनामा बनेपामा सम्पन्न कार्यक्रममा कलाकारहरुले विविध नृत्यहरु प्रस्तुत गरेका थिए ।नृत्य मनोरञ्जन मात्र नभई शरीरलाई स्वस्थ्य राख्ने माध्यम समेत भएकोले नाचौं र आफू अनि समाजलाई स्वस्थ बनाऔं भन्ने उद्धेश्यले नृत्य दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको नृत्य निर्देशक संघ काभ्रेका अध्यक्ष मोहन तौजलेले बताए ।
जिल्ला अध्यक्ष तौजलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझी, नाट्यकर्मी महासंघ काभ्रेका अध्यक्ष अमरकृष्ण चन्द लगायतले मन्तव्य राखेका थिए । जिल्लामा सक्रिय कलाकार, नृत्य निर्देशक, नृत्यकार, रंगकर्मी, संचारकर्मी लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रम निकै उपलब्धीमुलक रहेको उपस्थित कलाकारहरुको दाबी रहेको थियो ।

तपाईको प्रतिक्रिया