(अमृत ओझा) १६ बैशाख २०७५, । सामाजमा भएका बिकृति तथा बिसगतिलाइ प्राथमिकता दिदै निमार्ण गरिएको हास्य टेलिश्रृङखला हालत खराब छोटो समयमा नै सबैको रोजाइमा पर्न सफल भएको छ । प्रत्येक साताको सनिबार टि.भि टुडेबाट प्रसारण भईरहेको हास्य टेलीशृंखला हालत खराबले दिनानु दिन दर्सकहरुको मन जितिरहेको छ।

हाम्रै समाजमा रहेका बिभिन्न बिकृती बिसङ्गति माथी कडा ब्यङ्ग प्रहार गर्दै समाजमा जनचेतना पुर्‍याउने र समाज रुपान्तरणको उदेश्य लिएर निर्माण गरिएको यस सिरियलका निर्देशक रामचन्द्र बोहराले बताए । हाम्रो समाजमा धेरै नै बिकृती फैलिदै गएकोले समाजमा केही मात्रामा भए पनि मानिसहरुमा चेतना पुगोस भनेर नै यो सिरियल निर्माण गरिएको टेलिसिरियलका लेखक सरोज घिमिरे बताउछन । उनि भन्छन,” यो हास्य शृंखलाले समाजमा रहेका जातिय बर्गिय तथा लैङ्गिक बिभेद्का समस्यालाई कलात्मक रुपमा व्यंग्य गरेको छ ” ।
उक्त सिरियलमा चुनिरामको नामले चिनिने पवन खतिवडाको अभिनयले दर्शहरुको मन जितेको छ । पहिलो कुरो त तिम्रो अनुहार नै चित्तबुझेको छैन भन्ने थेगोलाई सबैले मन पराएका छन । यसमा चुनिराम फटाहा तर सबैसङ्ग ठिक्क हुने तर गाउमा बिकृती भित्राउने खालको अभिनय गरेका छन ।

सन्जिब मगर ह्वाइट मिडिया प्रा.लि.को निर्माण रामचन्द्र बोहराको निर्देशन तथा सरोज घिमिरेको लेखन रहेको हास्य टेलीसृङ्खला हालत खराबमा रामचन्द्र बोहरा,सरोज घिमिरे,निरक साही,निसा राई,पवन खतिवडा,अभिनास केसि,सुस्मिता गौतम,सन्जिब मगर लगायतका कलाकारहरुले अभिनय गरेका छ्न ।


तपाईको प्रतिक्रिया