१५ वैशाख २०७५ (कुशादेवी) । कुशादेवी क्षेत्र सरोकार विकास समाजले शनिवारदेखि शुरु गरिएको तीन दिने ‘विहाबर क्षेत्र पर्यटन महोत्सव २०७५’ आजबाट शुरु भएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ गुर्दुमडाँडामा कार्यक्रम गरी संघीय सांसद गंगाबहादुर तामाङले पाईलटहरुलाई खादा लगाएर स्वागत गर्दै महोत्सवलाई प्याराग्लाईडिङ उडानबाट उद्घाटन गर्नुभएको हो । तामाङले प्याराग्लाईडिङ पाईलट पेम्बा शेर्पा र मदन राई लगायतलाई स्वागत गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै सांसद तामाङले कुशादेवीको पर्यटन विकासको लागि गुर्दुमडाँडा उपयुक्त भएकाले त्यसको विकास गर्नका लागि सबै लाग्नुपर्ने बताउनुभयो । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका अध्यक्ष उद्धव केसीले गुर्दुमडाँडा आन्तरिक पर्यटकहरुका लागि उपयुक्त ठाउँ भएकाले नगरको मात्रैन भई सिंङ्गो जिल्लाको नै सान भएको बताउनुभयो । कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले गुर्दुमडाँडा ब्यवसायिक प्याराग्लाईडिङ उडानको उपयुक्त ठाउँ भएको बताउँनभयो । ‘अहिले महोत्सव अबधिभर परीक्षण उडानको लागि मात्रै अनुमति लिएका छौं, त्यसपछि ब्यवसायिक उडान गर्न संस्था दर्ता भएपछि यो अगाडी बढ्छ ।’ प्रमुख न्यौपानेले भन्नुभयो । महोत्सवमा परीक्षण उडानको लागि १५ वटा प्याराग्लाईडिङ रहेका छन् ।


दूई हजार सात सय मिटरको उचाईमा रहेको उक्त डाँडाबाट हिमालका दृश्यहरु समेत अवलोकन गर्न सकिन्छ । सो क्षेत्र महाभारत श्रृंखलामा पर्ने भएकाले दूई सय ८० प्रजातिका चराचुरुङ्गीहरु, वन्यजन्तुहरुको बासस्थान रहेकाले पर्यटन क्षेत्रको विकासको लागि थप आकर्षणको केन्द्र बन्ने आधार रहेका छन् । महोत्सवको उद्घाटनमा झाँक्री नाच, लामा नाच, लगातयका स्थानीय बाजागाजा सहित कुशादेवी बजारदेखि गुर्दुमडाँडासम्म पैदल यात्रा गरेका छन् ।

त्यससंगै विहावर महोत्सवमा स्थानीय सामग्रीहरु कृषि उत्पादन, स्थानीय जडिबुटी, घरेलु उत्पादनका स्टलहरु राखिएका छन् ।
महोत्सवको दोस्रो दिन पनौती नगरपालिका वडा नं. ३ पशुपति मन्दीरबाट सिमलबोट, रानीकोट, लाकुरी भञ्ज्याङ, मानेदोभान हुँदै कुशादेवी मन्दीरसम्म हाल्फ म्याथुन हुने भएको छ भने तेस्रो दिन वडा नं. २ को कुशादेवी मन्दीरबाट पर्खालचौर, मानेदोभान, खानीडाँडा, लठ्ठाभञ्ज्याङ, लाँकुरीभञ्ज्याङ, रानीकोट, पाँचकन्या, पशुपति मन्दीर हुँदै कुशादेवीसम्म साईकल यात्रा हुने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार १ लाख भन्दा बढिले महोत्सवको अवलोकन गर्ने छन् ।


तपाईको प्रतिक्रिया