२०७५ बैशाख १० सोमबार काभ्रे । काभ्रे संगम म्युजिक प्रालिको प्रस्तुति लोक दोहोरी गीत ‘काभ्रे जिल्ला मायाको लालकिल्ला’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित लोकदोहोरी गायिका गिता देवि र गायक किरण गौतमको स्वर रहेको गीतमा लय किरण गौतम र शब्द मुरारी अधिकारिको रहेको छ । भिडियोमा संजीव ठकुरी र आयुष्मा कार्काीको अभिनय रहेको छ । काभ्रेको पर्यटकीय क्षेत्र धुलिखेलमा अशोक कार्कीद्वारा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई विष्णु तामाङले एरेन्ज गरेका हुन् । भिडियोको निर्देशन रसम्पादन दिप सागरले गरेका छन् ।

फ्लोरिना फिल्मस प्रालिद्वारा निर्माण गरिएको उक्त म्युजिक भिडियोलार्इ आइतबारबाट युटुब च्यानलमार्फत सार्बजनिक गरिएको छ ।भौगोलिक रूपमा परिचित गराउदै जिल्लाका सबै क्षेत्रलार्इ समेटेर तयार पारिएको यो पहिलो गीत दाबी गरिएको छ ।

हेर्नुहोस भिडियोः

 


तपाईको प्रतिक्रिया