०८ बैशाख २०७५, काठमाण्डौ । संगिक्षा फिल्म्स र मलेसियाको एसकेएस ब्राइट भेन्चर एसडीएन बीएचडी मलेसियाको संयुक्त आयोजनामा मलेसियामा भव्यताकासाथ ‘तेश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’ हुने भएको छ ।

पत्रकार सम्मेलनको आयोजना गरी ३२ विधामा अवार्ड दिइने कार्यक्रमको बारेमा जानकारी दिइएको थियो । अवार्ड जुन महिनाको १५, १६ र १७ तारिखमध्ये एक दिन हुने मलेसियाका लागि आयोजक बिक्रमजंग शाहले जानकारी दिए । आधुनिक, लोक, पप, लोकदोहोरी, फिल्म समुह र आदिवासी तथा जनजाती गीतका भिडियोहरु मध्येबाट उत्कृष्ट म्युजिक भिडियो, निर्देशक, छायांकार, सम्पादक, मोडल पुरुष, मोडल महिला तथा नृत्य निर्देशक छानिने शाहले बताए ।

कार्यक्रममा बोल्दै संगिक्षा फिल्म्सका प्रमुख मनोज केसीले पहिलेदेखि नै आफूहरुले मलेसियामा अवार्ड आयोजना गर्न खोजेको र तेश्रो पटक संभव भएको सम्मेलनमा बताए । ‘यो कार्यक्रम कलाकारको सम्मान मात्र होइन विदेशमा नेपाली संगीत बजार बिस्तार गर्ने माध्यम पनि हो । यसरी तेस्रो पटक कार्यक्रम घोषणा गर्न पाउँदा खुशी लागेको छ ।’ केसीले बताए । ‘अघिल्ला अनुभवको आधारमा पनि यसपटक अवार्ड व्यवस्थापन थप मजबुत हुन्छ’ केसी भन्छन ‘हामीले यसपटक अवार्डको विधालाई बढाएका छौ , सबै सर्जकलाई समेट्ने प्रयास हाम्रो हो ।’ यसैगरी मलेसियामा अवार्डलाई भव्य बनाउने विक्रमले बताए । ‘हामीले मलेसियामा अवार्डलाई सभ्य र भव्य बनाउन केहि कसर बाकी राख्ने छैनौ’ उनले कार्यक्रममा भने । विक्रमलाई मलेसियामा अवार्ड गर्न जयराम तिमिल्सेनाले सघाउनेछन् ।  मलेसियामा विक्रम जंग शाह र जयराम तिमिल्सिनाले अवार्डको व्यवस्थापन गर्नेछन् । मलेसियामा अवार्डको व्यवस्थापन गर्न लागेका शाहले यसपटक भिन्न तरिकाले अवार्ड आयोजना गर्ने बताए । आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार आधुनिक, लोक, पप, लोकदोहोरी, फिल्म समुह र आदिवासी तथा जनजाती गीत विधामा अवार्ड प्रदान गरिनेछ । कार्यक्रममा लामो समयदेखि नेपाली म्युजिक भिडियो क्षेत्रमा योगदान पु¥याउँदै आएका एक जनालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइने बताइएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरमा हुने कार्यक्रमको आयोजना नेपालको संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट र मलेसियाको एसकेएस ब्राइट भेन्चर एसडीएन बीएचडी मलेसियाको संयुक्त आयोजनामा हुन लागेको हो । यस अघि संगिक्षा फिल्म्सले पहिलो र दोस्रो संस्करणको २ वटा अवार्ड यूएइमा सफलताको साथ सम्पन्न गरेको थियो । ‘नेपाली म्युजिक भिडियो अवार्ड २०१८’ को लागि आवेदन आह्वान गरिएको छ ।


तपाईको प्रतिक्रिया