(सुरज श्रेष्ठ) ०७ बैशाख २०७५, कामीडाँडा । काभ्रेको कामीडाँडामा खानेपानी तथा स्वास्थ सरसफाई मन्त्री बिना मगरले सफा र स्वच्छ खानेपानी देशमा रहेका सबै जनताको पहुँचमा पुर्याउन आफू प्रतिवद्ध रहेको बताएकी छिन् । काभ्रेको बेथानचोक गाउपालीका वडा नम्बर५ कामीडाँडामा कपेर महाँकाल खानेपानी तथा सरसफाई आयोजनाले निर्माण गरेको खानेपानी धाराको उद्घाटन गर्दै मन्त्री मगरले यस्तो बताएकी हुन् । हिमाल र पहाडमा लिफटिङ प्रविधि प्रभाबकारी बन्दै गएकोले  यस्ता प्रविधि प्रयोग गरेर र त्यस्तै  तराईमा पनि भौगोलिक विविध अनुसार प्रविधि प्रयोग गरी जनताको पहँुचमा प्रतिवद्धता जाहेर गर्दछु  उनले भनिन,‘खानेपानी पुरै जनता आधारभूत रुपमा खानेपानीको सुविधा उपभोग गर्नबाट वञ्चित रहेको छ । 

मन्त्री मगरले स्वच्छ खानेपानी संविधानमै मौलिक अधिकारका रुपमा व्यवस्था गरिएको छ तर सबै चुनौतिको सामना गर्दै स्वच्छ, सफा खानेपानी सबै जनताको पहुँचमा पुर्याउन म प्रतिवद्ध रहेको बताइन । सबै जनतालाई खानेपानी पुर्याउने दायित्व बोकेको खानेपानी मन्त्रालय गम्भीर ढंगले यो दायित्व वहन गर्न लागि परेको मन्त्री मगरले दाबी गरिन् । मन्त्री मगरले मानिसमा पानीका कारण लाग्ने ८० प्रतिशत रोगबाट बच्नका लागि प्रत्येक नेपालीको घरघरमा स्वच्छ खानेपानी पर्याउने दावी गरिन । वर्तमान अवस्थामा नेपालमा आधारभूत तहमा खानेपानीको पहुँच छैन उने भनिन,‘ संविधानमा स्वच्छ खानेपानी पिउन पाउनुपर्ने अधिकार मौलिख हमको रुपमा ज्ञारेन्टी गरेका कारण अव सबै जनताले स्वच्छ पानी पिउने अवस्थाको सृजना गरिने प्रतिबद्धता जनाए ।

एक अर्का प्रशंगमा मन्त्री थापाले अबको लडाई राजनीतिमा भन्दा समृद्धि राष्ट्र निर्माणका लागि रहेको बताइन । उनले भनिन,‘हिजो हामी जनताकै मुक्ति आन्दोलनमा थियो आज पनि छन र भोलिसम्म पनि लडिरहने छौँ केही गरेर देखाउँनुछ अब विकास निर्माणको कार्यक्रम जुटनु् छ ।’ दुर्गम क्षेत्रमा पर्ने साबिक च्यासिङखर्क–   ,५ र ६  वडाको करिब १ सय ४० घरधुरीमा खानेपानीको धारा निर्माण समुदाय हिजो आज खुशिले दंग छन् । घर÷घरमा खानेपानीको धारा सहितको शुद्ध पिउने पानीको सुविधा पाएपछि त्यहाँका समुदाय खुशि देखिएका हुन् । शान्ति जनआदर्श सेवा केन्द्रको समन्वयमा ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति(फण्ड बोर्ड)को आर्थिक सहयोगमा खानेपानी आयोजना सम्पन्न भएपछि शुक्रवार  खानेपानी मन्त्री बिना मगरले उद्घाटन गरेका हुन् । सो आयोजनाले त्यहाँका १ सय ४० घरधुरीका बासिन्दा लाभान्वित भएका छन् । समुदायको श्रमदान सहित गरी कुल ७९ लाख १९ हजार २ सय २९ रुपैयाको लागतमा सो आयोजना निर्माण कार्य सम्पन्न भएको आयोजकले जनाएको छ ।

 

 


तपाईको प्रतिक्रिया