२०७५ बैशाख ०५ बुधवार । सुमधुर आवाजका धनी गायक किरण गौतम र गीतादेवी को रमाइलो लोक दोहोरी गीतिएल्बम ‘चटक्कै’ बजारमा आएको छ । काठे भाका उसमाथि पनि ठट्यौली पाराको गीतले पुराना मायालु जोडीको विषयवस्तु र ठट्यौली बानीलाई प्रस्तुत गर्न खोजिएको छ ।

गीतादेवी र किरण गौतम को आवाज रहेको गीतको लय शब्द किरण गौतमको नै रहेको छ।शंकर बिसी र शर्मिला राई को अभिनय रहेको गीतको भिडियोको छायांकन करण चौसिरले गरेका छन् भने सम्पादन मनोज कार्कीले गरेका छन। काभ्रे सङ्गम म्युजिक प्रालिको प्रस्तुतिलाई निर्देशक मौसम हिमालिले निर्देशन गरेका छन् ।

(भिडियो हेर्नुहोस) :

 


तपाईको प्रतिक्रिया