२०७५ बैशाख ०५ बुधवार, काभ्रेपलाञ्चोक । काभ्रेको पनौतीमा रहेको कुशादेवी क्षेत्र विकास समितिले पर्यटन प्रबर्धनका लागि बैशाख १५ देखि १७ सम्म पर्यटन महोत्सव आयोजना गर्न लागेको छ ।

बिहाबर क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र अन्य आकर्षणहरूलाई बढावा दिनको लागि पनौती नगरपालिकासँगको सहकार्यमा यो कार्येक्रम आयोजना गर्न लागिएको हो । समितिको सचिव पुर्षोत्तम अधिकारी भन्छन “यस्ता एतिहासिक कार्येक्रम गर्नाले बिहाबार क्षेत्रको पर्यटनमा टेवा पुग्नुका साथै स्थानिय जनताको आर्थिक उन्नतिमा समेत टेवा पुग्नेछ” । यस्तो कार्यक्रम गर्नाले बिदेशी पर्यटकलाई पनि आकर्षित हुनेछन भन्ने कुरामा स्थानिय जनता पनि आशावादी छन् ।  “अन्य क्षेत्रमा, हामी बिस्तारै पैदल यात्रा र साइकल चलाउने ट्रेलर निर्माण गर्दैछौं” अधिकारीले थप्नुभयो ।

फुल्चोकी, नागिडाडाँ ,गुर्दुमडाडाँ, रानिकोट लगायतका गन्तब्यहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकका लागि आकर्षणको रुपमा रही आएको छ । अगाडी बढेपछि पैदल यात्रा र साइकल ट्रयाक  पहिले नै फुलकोकी र महाभारत क्षेत्रमा धेरै स्थानहरुमा निर्माण गरिएको छ।


तपाईको प्रतिक्रिया