
०३ बैशाख २०७५ । दोलखा जिल्ला तामाकोशी गाउंपालीका ३ जफेमा पिता नवराज पोखरेल र माता सीता पोखरेलको कोखबाट कान्छी छोरीको रुपमा जन्मनु भएकी असल मिहेनति र कर्मशील युवा अधिवक्ता देवकी पोखरेल बिगत १२ बर्ष देखि देशको केन्द्र काठमाडौं लाइ आफ्नो कर्मथलो बनाउदै आउनु भएका युवा अधिवक्ता हुन् ।बिभिन्न रास्ट्रीय तथा अन्तर्राष्ट्रिय संघ संस्थाको आर्थिक सहयोगमा संचालित संस्था समाज सेवा तथा मानव अधिकारमा महिला र वालवालिका (सिविस) संस्थामा कार्यरत उनै कर्मशील युवा अधिवक्ता देबकी पोखरेल संग वेथानचोक खवर डट कम सहकर्मी नवराज ढुंगानाले गर्नु भएको भलाकुसारी :
० आज भोलि के काममा व्यस्त हुनुहुन्छ ?
म आफ्नै कार्यालय तथा व्यक्तिगत काममा व्यस्त छु ।
० तपाइको अफिस सिविस मा तपाइको भूमिका के रहेको छ त ?
समाज सेवा तथा मानवअधिकारमा महिला र वालवालिका (सिविस) संस्था खासगरी घरेलु वाल श्रमिक तथा वाल यौनदुर्ब्यबहारमा परेका वालवालिका हरुको क्षेत्रमा काम गर्ने संस्था भएको हुदा सँस्थामा आएका मुद्दाहरु काठमाडौं उपत्यकामा रहेका प्रहरी कार्यालयहरु,३ वटा जिल्लाका सरकारी वकिल,उच्च अदालत पाटनको सरकारी वकिल र सर्वोच्च अदालतका सरकारी वकिल हरुसंग समन्वय गरेर सरकार बादी (वालवालिकाको) मुद्दा मा विभिन्न अदालतमा गएर नि शुल्क कानुनि सेवा उपलब्ध गराउने काम गर्दछु ।
० फुर्सदको समयमा के गर्न रुचाउनु हुन्छ ?
कानुनको किताव पढ्छु ।आफन्त र साथीहरुसंग भेटघाट तथा नया ठाउ घुम्ने र सामाजिक संजाल मा व्यस्त हुन्छु ।
० जीवन के हो ?
जीवन संघर्ष हो । जुन संघर्ष लाइ कलात्मक रुपमा सहज हुने गरि चलाउन सक्नु पर्छ।
० प्रेम के हो ?
प्रेम अन्तरआत्मा देखी गरिने अनुभूति हो ।
० यो स्थानमा आउने प्रेरणा कसरि पाउनु भयो त ?
घर परीवारको साथ सहयोग र हौसला,सानैदेखि देखि केहि गर्नु पर्छ भन्ने सोच थियो साथै सकारात्मक सोच मेहनेतले नै यो स्थानमा आउन सकेको हुँ जस्तो लाग्छ ।
० अन्तमा केहि भन्न चाहनु हुन्छ ?
जीवन लाइ सार्थक बनाउन सही उद्देश्यका साथ लागि परेमा सफलता हात पार्न सकिन्छ / जीवन रहुन्जेल तथा आफुले सकुन्जेल असल कर्म गर्नु पर्छ ,अरुलाई पिडा दिएर जन्मेको हामि सबैले नाम सम्मान र ईज्जत छोडेर जानु पर्छ सकुन्जेल कर्म गर्नुपर्छ सहयोगको भावना राख्नु पर्छ भन्ने लाग्छ अन्तिममा यो अवसर दिनु भएकोमा वेथानचोक खवर डटकम र तपाइँ नवराज ढुंगाना लाइ विशेष धन्यबाद ।