(नवराज ढुङ्गाना) २८ चैत्र २०७४ । आर्थिक तथा सामाजिक रुपमा असहाय असमर्थ पिडीतहरुको सहज न्यायमा पहुँच पुगोस् भन्ने हेतुले स्थापित कानुनी सहा यता समिति अन्तर्गत जिल्ला कानुनी सहायता समिति काभ्रेपलाञ्चोक धुलिखेल मा कार्यरत अधिवक्ता बिजयभक्त श्रेष्ठ माता विष्णुदेवी र पिता लक्ष्मीभक्त श्रेष्ठका माइला छोरा हुन । का प जि शारदावतासे ३ जाकिडोल हाल पनौती ९ मा बसोवास गर्नुहुने अधिवक्ता श्रेष्ठ सग वेथानचोक खवर डटकम सहकर्मी नवराज ढुगानाले गर्नुभएको भलाकुसारि :

० आजभोली के मा ब्यस्त हुनुहुन्छ ?
घर व्यवहार अफिस र नयाँ घर निर्माण लगायत सबै काम कुरामा व्यस्त र अभ्यस्त हुनु पर्या छ ।

० जिल्ला कानुनी सहायता समिति काभ्रेको अवस्था को बारेमा केहि बताइ दिनुस् न ?
जिल्ला न्यायाधिवक्ता अध्यक्ष स्थानीय बार एशोसियसनका अध्यक्ष र सचिव क्रमश पदेन सदस्य र सदस्य सचिव तथा महिला तथा बालवालिका कार्यालयका तर्फबाट एकजना सदस्य एव कानुन व्यवसायीहरुबाट २ जना मनोनित सदस्यहरु रहने कानुनी प्रावधान बमोजिम नै यस समितिको पनि गठन भएको छ । आर्थिक तथा सामिजकरुपमा असहाय असमर्थ पिडीतहरु जस्को वार्षिक आम्दानी चालीसहजार भन्दा कम छ भने स्थानीय तहको सिफारिसमा यस समितिबाट नि शुल्क कानुनी सेवा प्राप्त हुने व्यवस्था छ । ०६०।०६१ देखि निरन्तर समितिले सेवा प्रवाह गरि आएको छ ।

० के कस्ता मुद्धाहरुको चाप छ त समितिमा ?
पारीवारिक देवानी प्रकृतीका नै छन् जस्तै कि अँश मुद्दा सम्वन्ध विच्छेद लिखत दर्ता वदर जालसाजी र सरकारवादी फौज्दारी मुद्दा सम्वन्धमा जाहेरी लेखन ।

० तपाइको सेवामा सेवाग्राहीहरु कतिको खुशी पाउनु भएको छ ?
कानुनी समस्याको उपचार भनेको विमारी हुँदा ओषधी खाएर निको भए जस्तो हुन्न । न बेडमा सुतेर लाभ मिल्छ । कानुनको आफ्नै बाटो छ । कानुनको समुचित प्रक्रीया केहि लामो हुन्छ । छिटो छरीतो नहुँदा तथा प्रक्रीयालाइ नै झन्झटीलो मान्ने बाहेकका सेवाग्राहीहरु खुशी र सन्तुष्ट नै पाएको छु ।

० अनि तपाइ आफु चै कतिको सन्तुष्ट हुनहुन्छ त ?
सेवाग्राहीहरुको सन्तुष्टी नै हामीहरुको पनि सन्तुष्टी हो । फेरि अड्डा अदालतमा भनेको समस्या नपरि आएका हुन्न । आफ्नै आफन्तहरुले अन्याय गरेको थिचोमिचो गरेको अमानवीय व्यवहार गरेको यातना दिएको भन्ने खाले घटनाहरु सुन्नु पर्दा हाम्रो समाज कता पो गइ रहेको छ भन्ने दुख पो लाग्छ । फेरि कानुन भएर पनि नभए जस्तो गरि अन्यायमा पिल्सीएर बसेकाहरुको चेतना जागृत गराएर कानुनी मार्गमा हिडाउने प्रयासमा लागेको एक सामाजिक अभियन्ताको आभाष मिल्दा गौरवान्वीत पनि हुन्छु । म नै सन्तुष्ट हुन सकिन भने अरुलाइ के सन्तुष्टी दिन सकिएला । म यस समितिमा रहेर सेवा गर्न पाउँदा सन्तुष्ट छु ।

० निकै भावुक हुनु भए जस्तो छ नि ?
होइन । तथापी यसरी जिल्ला जिल्लामा कानुनी सहायता दिइरहनु भएका कानुन व्यवसायी कर्मचारीहरुका बारेमा राज्यले समुचित सम्वोधन तथा व्यवस्थापन नगरी सविधान प्रदत्त निशुल्क कानुनी सहायताको हक कसरी कार्यान्वीत होला अनि सहायतायतामा लागिपर्ने कर्मचारीहरुको सहायता कहिले होला भन्ने कुराले मात्र हो ।

० यस जिल्ला कानुनी सहायता समितिमा को कस्तालाइ के कसरी सेवा प्रवाह गरिन्छ ?
बार्षिक आय ४००००। भन्दा कम भएका सामाजिक तथा आर्थिक हैसियत कमजोर भएकाहरुका लागि स्थानीय तह वडा बाट सिफारिस भई आएमा निशुल्क सेवा प्राप्त हुने कानुनी व्यवस्था छ तथापी सिफारिस ल्याउन नसक्ने अवस्थाका पिडीतहरुलाई सिफारिस वीनै पनि सेवा प्रवाह गरी आएका छौ ।

० परामर्श तथा सेवाका लागि सम्पर्क गर्नु पर्दा सजिलो उपाय बताइदिनुस न त ?
काभ्रेपलाञ्चोक जिल्ला अदालत परिसरमै रहेको बार एशोसिएसनको भवनको माथिल्लो तलामा यस समितिको कार्यालय अवस्थित छ । कार्यालय समयका लागि अफीसको फोन न ०११ ४९०२२७ हो । मेरो मोवाइल न ९८४१३१२२९९ हो ।

० यस अलावा अन्य के के मा तपाइको व्यस्तता हुन्छ नि ?
घर परिवार । खेती किसानी । अनि सामाजिक सँघसँस्थाहरुको कार्यक्रम यस्तै हो ।

० फुर्सदको समयमा के गर्न रुचाउनु हुन्छ ?
फुर्सद भन्ने नै कहिले र कसरी मिल्छ र जिन्दगीमा । घुमफीर रमाइलो भेटघाट आदी जे भन्नुस् न समय त चाहियो नै । समय व्यतित नै हुन्छ । मानिसलाइ सधै भ्याइ नभ्याइ नै हुन्छ हो । फुर्सद भएनी नभए नि अरुहरु जस्तै म नि कहिलेकाही घुम्न निस्कन्छु । साहित्य रच्ने प्रयत्न गर्छु । यस्तै हो ।

० साहित्यीक सृजनाहरु प्रकाशन पनि गर्नु भएको छ कि ?
साहित्य मेरो रहर हो । एउटा गित रेकर्ड गरेको छु । खाली थियो यो मन मायाले पुरीयो बोलको । अनि कविता सँग्रह र केहि अनुभुतीहरु लेखको रुपमा प्रकाशन गर्ने सोचमा छु । तपाइको यस वेथानचोक खवर डटकममा पनि रक्सी पिउन छाडौ भन्ने भावको कविता प्रकाशन भएको थियो ।


० जीवन के हो ?
यही हो र यही मात्र हो भन्न नमिल्ने भोगाइ पिच्छेको फरक अनुभव हो जीवन ।

० प्रेम के हो ?
प्रेम र विश्वास एक अर्काका पर्याय हो ।

० प्रेम विवाह कि परम्परागत ?
प्रेम नभइ विवाह हुन्छ र ।

० यो स्थानसम्म आउन प्रेरणा कसरी पाउनु भो ?
एसएलसी सकेर डक्टर बन्ने धुनमा विज्ञान पढ्दा एक वर्ष विग्रेको छोरालाइ अव ल पढ भनि नेपाल ल क्याम्पस भित्र्याइदिनु हुने मेरो बुवा र स्व०आमाको आशिर्वाद मेरो साथ छ ।

० अन्त्यमा केही भन्न चाहनु हुन्छ कि ?
अन्त्य होइन यो त शुरुवात हो । यस अनलाइनको निरन्तरताको अपेक्षा राख्दछु । साथ र सहयोग समन्वय र एकताले नै सफलता मिल्छ । यो कायम राखौ । नयाँवर्ष २०७५ अशिम शान्ती र बिजयी निकाशको सम्वाहक बन्न सकोस सबैमा शुभकामना छ ।


तपाईको प्रतिक्रिया