(किरण थापा) २०७४ चैत्र २७ मंगलवार । विद्यालय बाहिर रहेका सम्पूर्ण बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउने अभियानका साथ जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकले विशेष अभियान सञ्चालन गर्नै तयारी गरेको छ । सिन्धुपाल्चोकका सम्पुर्ण स्थानीय तह र विद्यालयहरुमा अभियान एकै साथ सञ्चालन गरिने र यो वर्ष विद्यालय बाहिर शुन्य विद्यार्थी गराउने अभियानमा जिल्ला शिक्षा कार्यालय रहेको छ ।

जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला शिक्षा अधिकारी गौरीशंकर पाण्डेले माझी,दनुवार,पहरी, थामी लगायत लोपन्मुख समुदाय रहेका बस्तीमा अभियान विशेष रुपमा केन्द्रीत गरिने बताउनुभयो । जिल्ला शिक्षा कार्यालयले औपचारीक रुपमा चौतारा साँगाचोकगढी नगरपालिकाको भिमटारको माझी वस्तीमा औपचारीक कार्यक्रम गरेर भर्ना अभियानको सुरुआत गर्ने तयारी गरेको छ । सिन्धुपाल्चोकमा कक्षा १ देखि १० सम्म ८३ हजार विद्यार्थी रहेका छन् ति मध्ये ५ देखि १३ उमेर समुहका ६ सय ४६ विद्यार्थी विद्यालय बाहिर रहेको जिल्ला शिक्षा अधिकारी पाण्डेले जानकारी दिनुभयो ।

जिल्ला शिक्षा कार्यालयले १ देखि १४ गतेसम्म पहिलो चरणको भर्ना अभियानमा नै भर्ना भएका सबै विद्यार्थीहरुले पुस्तक पाइसक्ने दाबी गरेको छ । ८३ हजारलाई पुस्तक चाहिने अनुमान गरेका गररेको र २५ हजारको लागि आजसम्म पुस्तक आइसकेको छ जिशिअ पाण्डेले बताउनुभयो । दोस्रो चरणको भर्ना अभियानमा भने विद्यार्थीहरुलाई खोजी खोजी ल्याउने शिक्षा कार्यालयले तयारी गरेको छ । विद्यार्थी भर्नासँग आफ्नो सेवा क्षेत्रका सबै विद्यार्थीहरु विद्यालयमा आएपछि त्यसलाई विद्यालय बाहिर नरेहेको घोषणा पनि सँग्ै गर्नै तयारी शिक्षा कार्यालयको रहेको छ । राष्ट्रिय तथ्यांक ९७ प्रतिशत बालबालिकाहरु विद्यालय गएको तथ्यांक भएपनि सिन्धुपाल्चोकमा भने त्यो भन्दा कम रहेको छ । जिल्लामा ९५ प्रतिशत मात्रै बालबालिका विद्यालयमा भर्ना भएका छन् । बाँकी ५ प्रतिशतलाई पनि यो अभियानमा समेटेर १०० प्रतिशत पुर्‍याउने लक्ष्य रहेको जिशिअ पाण्डेले बताउनुभयो ।


तपाईको प्रतिक्रिया